सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हरि बुढामगरको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणादायी बन्नेछ : सभामुख देवराज

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले कृत्रिम खुट्टाको भरमा सगरमाथाको सफल आरोण गरेर हरि बुढामगरले कामय गरेको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणा बन्ने बताएका छन् ।

बालुवाटारस्थित सभामुखको सरकारी निवासमा बिहीबार आरोही बुढामगरलाई स्वागत र सम्मान गर्दै सभामुख घिमिरेले बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै खुसी प्रशंसा गरे ।

‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पु¥याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्,’ उनले भने ।

दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका बुढामगरलाई सभामुख  घिमिरे र उपसभामुख इन्दिरा रानाले सम्मान गरेका हुन् ।

उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरे । कार्यक्रममा सांसदहरु महेश बर्तौला र ईश्वरी जीएमले बुढामगरलाई बधाई दिए ।

सभामुखको बधाईपत्रमा लेखिएको छ

श्री हरि बुढामगर
रोल्पा
रोल्पा जिल्लाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका तपाईंले २०८० साल जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंको प्रेरणा जगाउने विश्वकीर्तिमानले फेरि एकपटक नेपाल, नेपाली र सगरमाथाको नाम संसारभर फैलिएकोमा गौरवानुभूति गरेको छु ।
युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी तपाईंले राख्नुभएको विश्वकीर्तिमान युगौंयुगसम्म नेपाली र आरोहणको क्षेत्रमा रहनुभएकाहरुका लागि प्रेरणा बन्ने विश्वास लिएको छु । तपाईंको लगनशीलता, साहस र आत्मबल नेपाल र नेपालीको लागि प्रेरणा हो ।
शारीरिक तन्दुरुस्ती भएकाहरुले समेत नपाउने तपाईंको उपलब्धि अपाङ्गता भएका व्यक्तिहरुका लागि अभूतपूर्व प्रेरणा बनेको छ । साहसिक खेलमार्फत तपाईंले अपाङ्गता भएका व्यक्तिहरु हेय र दयाका पात्र होइनन् भन्ने सन्देश दिनुभएको छ ।
तपाईंका बाँकी दिनहरु पनि सक्रियतापूर्वक बित्ने अपेक्षा गर्दै सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

देवराज घिमिरे
सभामुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बागमती प्रदेशसभा बैठक बस्दै

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल सुरु हुने

मधेस प्रदेशसभा : आगामी बजेट जनपक्षीय बनाउनुपर्नेमा जोड

सुनवाई समितिको पहिलो बैठक बस्दै, सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि उपस्थित हुने

बिन्दबासिनी कंसाकारले लिइन् सांसद पदको शपथ

सात दिनभित्र संसदीय समिति सभापति चयन गर्न सभामुखको निर्देशन

उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार र आम नागरिकलाई अपिल गर्दछु : सभामुख

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

संघीय संसदको संयुक्त बैठक र कार्यसञ्चालन नियमावली पारित

‘साना दल र स्वतन्त्र सांसदलाई संसदमा उपेक्षा गरियो’

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै