सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मिस हेरिटेज ग्लोबलमा नेपालकी मुना

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने ‘मिस हेरिटेज ग्लोबल’को फिनालेमा नेपालको प्रतिनिधित्व चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले गर्ने भएकी छन् । उनी गत जेठ ४ गते राजधानीमा भएको ‘मिस हेरिटेज ग्लोबल नेपाल २०२३’ की विजेता हुन् ।

प्रतियोगिताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अफ्रिका पुग्नेछिन् । मुनाले त्यहाँ नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन् । उनले विश्वका ५५ देशका सुन्दरीको सहभागिता रहने प्रतियोगिताका सहभागीबिच नेपालको कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन् ।

‘मिस हेरिटेज ग्लोबल नेपाल’का नेशनल डाइरेक्टर उद्धव अधिकारीले नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पुर्‍याउने बताए ।

भारतको बेङ्गलोरबाट उच्च शिक्षा हासिल गरेकी मुनाले त्यहाँकोे राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन् । मिस हेरिटेज ग्लोबल नेपाल अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षण्मा सहयोग पुर्‍याउनुका साथै युवतीहरुलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हलिउडका लेखककाे हड्तालका कारण जेनिफरको सिरिज बन्द

निजी जीवनमा निकै कञ्जुस सारा अली खान

‘ह्यासट्याग माया’को छायांकन सुरु

लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’को घोषणा

टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड

बिस करोड राजश्व उठ्ने चलचित्र उद्योगलाई शुन्य बजेट, चलचित्रकर्मीले आन्दोलन गर्ने

करिनाले बाथरुममा सलमानको पोस्टर राखेपछि…

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाईन्थ्यो

ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

अमेरिकामा फिल्म जारीपछि ‘नाङ्गो गाउँ’ले राख्यो रेकर्ड

तीनदिन लगाएर खिचिएको थियो आमिर र करिश्माको चुम्बन दृश्य

‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले टुटाएकाे थियाे चोपडा र अख्तरको मित्रता