
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गरी सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन ५ बुँदे निर्देशन दिएको हो ।
जारी सूचनामा ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने’ कानूनी व्यवस्थाअनुसार सो निर्देशन दिइएको उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठद्धारा जारी सूचनामा पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्रघर, रङ्गशाला, धार्मिकस्थल, प्रतिक्षालय लगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ नगर्न र नगराउन भनिएको छ ।