सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपरराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्ति तथा सर्वासाधारणको उपस्थितिमा बिहीबार अपरान्ह रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो ।

ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो । गुठी संस्थान कार्यालय ललितपुरका प्रतिनिधिले भोटो देखाउने चलन छ ।लगनखेलको थतीटोल चौबाटोमा रहेको रातो मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेलमा पुर्‍याइएको थियो ।

मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ । सोहीअनुसार बिहीबार भोटो देखाइएको हो । अब रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती पुर्‍याइन्छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा के-केमा भयो सम्झौता ?

प्रचण्डसँगको भेटपछि मोदीले भने- सीमा विवाद समाधान हुन्छ

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपति पौडेललाई जानकारी गराए

आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता छ : राष्ट्रपति

यस्तो छ १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट (पूर्णपाठ)

मन्त्रिपरिषद्ले गर्‍यो प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक