सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रभु बैंकको अत्यन्त जरुरी सूचना सार्वजनिक

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रभु बैंकले एक भन्दा बढी डेबिट।क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई सूचना जारी गरेको छ । बैंकद्वारा जारी सूचना अनुसार सो प्रकृतिका खातावालाहरुले अव एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशनमा २०७९ को इ.प्र.निर्देशन नं. (२१।०७९)बुँदा नं ४४ बमोजिम बैक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता (ने.रा. बैंकले तोके बाहेक)खोल्न नपाईने एवं एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड जारी गर्न नपाईने व्यवस्था रहेको छ । सो अनुसार प्रभु बैंकले उक्त प्रकारका खाता खोलि कारोबार गरिरहेका ग्राहकलाई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिन बैंकले आग्रह गरेको हो ।

बैंकका अनुसार स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता वा कार्ड लिएका ग्राहकले असार मसान्त भित्र पायक पर्ने नजिकको शाखा कार्यालयमा कार्ड तथा खाता बन्द गनुपर्ने छ । सो समय पश्चात त्यस्ता खाताहरु मध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले जनाएको छ ।

यसका साथै, १० बर्ष देखि शुन्य मौज्दात रही कारोवार नभएका खाताहरु समेत आफैले बन्द गर्न सक्ने भएको हुंदा त्यस्तो खाता रहेका ग्राहकले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको बिवरण अद्यावधिक गरी खाता सञ्चालन गर्ने सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढयो खरिद

प्रभु इन्स्याेरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

कुमारी बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन

सुनको भाउ हालसम्मकै उच्च

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला

यस्ताे छ आजको बिनिमय दर, युराेकाे भाउ १४० नाघ्याे

नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

नेपालले पायो भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

नेपालबाट भारतले १० हजार मेगावाट बिजुली किन्ने