सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिल्भर माउन्टेनले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्ने

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले एमबीए इन हस्पिटालिटी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यो दुई वर्षे , चार सेमेष्टरको कार्यक्रम हो । बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरेको छ । एमबीए भन्दा केही फरक विशेषता सहित यो कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

विद्यार्थीलाई करियर उन्मुख डिग्री मात्र प्रदान गर्ने नभइ प्रामाणिक नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्दै आएको कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका होटलमा काम गर्न उच्च पदस्थ जनशक्ति अभाव देखिएको हुँदा उक्त अभाव पुरा गरी स्वदेशमा नै स्टार होटल सञ्चालन तथा व्यवस्थापकीय कुशलता प्रदान गर्न, चेन होटलमा चाहिने जनशक्ति उत्पादन गर्न यो कोर्स सञ्चालनमा ल्याइएको कलेजका अध्यक्ष समिर थापा बताउँछन् ।

अध्यक्ष थापाका अनुसार नेतृत्व विकास गराउन एमबीए कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यो कार्स पढ्नका लागि स्नातक तह उत्तीर्ण जुन सुकै विषयबाट पास भएका विद्यार्थीले भर्ना पाउँछन् ।

विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान र व्यावहारिक सिप प्रदान गर्दै कक्षा सञ्चालन गर्ने अध्यक्ष थापा बताउँछन् ।

यो कक्षा चार सेमेष्टरमा सञ्चालन गरिने छ । यो कोर्स पढ्न ८ लाख २५ हजार शुल्क लाग्छ । कलेजले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष थापा बताउछन् । यसका अलवा हरेक सेमेष्टरमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्तवृत्ति प्रदान गर्ने छ । ईडियुपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इन्जिनियरिङका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

सूर्यविनायक नगरपालिकाभित्र शिक्षामा गुणस्तर अभियान सुरु

जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता

अत्याधिक गर्मीले रौतहटका बिद्यालय एक हप्ताका लागि बन्द

गर्मीले सिराहाकाे जनजिवन प्रभावित, लाहानमा आजवाट बिद्यालय बन्द

बजेटमा संशोधन गरी शिक्षक–कर्मचारीको समस्या सम्बोधन गर्न माग, अन्यथा आन्दोलन गर्ने चेतावनी

गर्मीका कारण कलैयाका विद्यालय बन्द

सुनसरीका तीन स्थानीय तहका विद्यालयमा गर्मी बिदा

माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको मागसहित कावासोतीमा विद्याार्थीहरु रिले अनसनमा