सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ ।

सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको हो । यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा विजय पौडेलले जानकारी दिए । उनका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन, र्याली र कोणसभा गरिने छ ।

सङ्घर्षका लागि मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि पार्टीले अनुरोध गर्ने जनाएको छ । यसअघि पनि सो पार्टीको मोर्चा सङ्गठन विभागले काठमाडौँसहित देशभर नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भोलि राजधानीमा नेमकिपाको जुलुश र धर्ना

सत्तारुढ गठबन्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा भन्ने आँट नगरिरहेको ओलीको आरोप

रास्वपा मध्यपुर थिमिकाे सभापतिमा मानन्धर

पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको प्रकाशमानको आरोप

मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन : सभापति देउवा

सरुवा र बढुवाका लागि नाजायज लाभ लिए जेल जानुपर्ला : गृहमन्त्री श्रेष्ठ

एमालेमा थपिए १३ जना केन्द्रीय सदस्य (नामसहित)

शान्तिप्रक्रिया निश्कर्षमा पुर्याउन चीन तयार छः उपाध्यक्ष सापकोटा

एमाले सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

कार्यकर्ता पढाउन थाले माओवादी नेता

मोदीलाई प्रचण्डको जवाफ- सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन