सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वीरगन्जमा आइपीएल क्रिकेटको सट्टाबाजी खेलाउने गिरोह पक्राउ

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।

आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका-२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका-४ का ३१ वर्षीय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका-६ का ३५ वर्षीय सन्तोषकुमार यादव र भारतको उत्तर प्रदेश राज्यको गोरखपुर देवरियाका ५२ वर्षीय मुन्ना भनिने धर्मनाथ प्रसाद जयसवाललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सञ्जय श्रीवास्तवको घरमा बुधबार राति आइपीएल प्रतियोगिताको अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

श्रीवास्तवको घरमा आइपीएलको सट्टाबाजी चलिरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो। त्यही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीको टोलीले श्रीवास्तवको तीन तल्ले घरमा पुगेर खानतलासी गरेको थियो।

त्यसक्रममा यादवद्वय, साह र जयसवाललाई अनलाइन सट्टाबाजी खेलाइरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गिरिले बताए। प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ९० हजार ५०० सय नेपाली रुपैयाँ र १५ हजार ७५० भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

यस्तै अनलाइन सट्टाबाजीका लागि प्रयोग भइरहेको विभिन्न कम्पनीको मोबाइल, ल्यापटप र टेलिभिजन सेट पनि जफत गरिएको गिरिले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि अनलाइन सट्टाबाजीको मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरिले बताए। अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एकजना पक्राउ

बुबाको हत्या आराेपमा छाेरा पक्राउ

लमजुङ कारागारबाट फरार दुवैजना पक्राउ

जुस खुवाएर कञ्चनपुरमा भारतीयले गरे लुटपाट

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति पक्राउ

पूर्व उपकुलपतिसहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

लागूऔषधसहित २ जना पक्राउ

विवाह गर्न नमानेपछि चक्कु प्रहार गरी प्रेमिकासहित काकाको हत्या

चोरी गरेको आराेपमा भारतीय नागरिक पक्राउ