सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘आरो’ले धानेको शान्तबहादुरको परिवार

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  ढल्केको ढाकाको टोपी, बाक्लो कालो ज्याकेट अनि मलिन अनुहार । छेउछाउमा राखिएका विभिन्न प्रकारका धागो र केही अन्य सामग्रीहरु काखमा राखेर घरको भित्तामा अढेस लागेर बसेका एक मजदुर । उनी हुन्, जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंगाचौर गाउँका शान्तबहादुर सार्की ।

सार्की अहिले उमेरले ३९ वर्ष पुगे । जुम्ला खलंगा बजारको चन्दननाथ नगरपालिकाको कार्यालय नजिकै उनको एक सानो जुत्ता पसल छ । जुत्ता पसल खोलेको एक वर्ष पुग्न लागेको छ ।

ठुल्ठुला भवन निर्माणको मिस्त्री कामलाई परिस्थितिवस बिट मार्दै एक वर्षयता जुत्ता सिलाई पेसामा अंगालेका शान्तबहादुरको  परिवार बिहान बेलुकाकै छाक टार्न र बालबच्चा पढाउन संघर्षरत छ । परिवारमा शान्तबहादुर, उनकी श्रीमती र दुई छोरा छन् । छोरा विद्यालयमा जान थालेको छ ।

शान्तकी श्रीमती घरमा मजदुरी गर्छिन् । विगतका मिस्त्री काम गर्दै परिवारको गुजरा चलाउँदै आएका शान्तबहादुरको खुट्टामा एक्कासि समस्या देखिएपछि आर्थिक संकटले घेर्न थाल्यो । खुट्टाको चारपटक अप्रेशन गर्दाको ऋण र परिवारको दैनिकी टार्नुपर्ने आर्थिक भारले उनको परिवारलाई उठ्नै सकस पारेको छ ।

बिस्तारै बिस्तारै खुट्टा निको हुन थालेपछि उनले मिस्त्री काम छाडेर जुत्ता सिलाउने पेसामा लागेका छन्  । अहिले उनलाई यो पेसाले राहत मिलेको बताउँछन् । मासिक १० देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने शान्तबहादुरले बताए ।

उनको दैनिकी गुजारादेखि छोराहरुको अध्ययन खर्च जुत्ता सिलाउने पेसाबाटै टर्न थालेको छ । एक वर्षयता शान्तबहादुरको परिवार अहिले आरो (सियो)को भरमा बाँचिरहेको छ । पछिल्लो समय जुत्ता सिलाउने पेसाबाट उनले केही रकम बचत गर्न थालेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु

प्रधानमन्त्री दाहाल भारतको औपचारिक भ्रमण पुरा गरी स्वदेश फिर्ता

गाडीबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु

धनकुटामा जंगली च्याउँ खाएर उपचाररत छोराको पनि मृत्यु

आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध

शनिबार धनगढीमा तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

मनसुनको सँघारमा किन गर्मी बढ्यो’

सुनकोशीमा जीप खस्दा सीटीईभीटीईका तीन कर्मचारी वेपत्ता

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

मध्यपहाडीको मापदण्डमा बनेन जयरामघाट–हलेसी सडक

यस्ताे छ तरकारीको आजको मूल्यः सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी