सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सेवा विस्तार गर्दै महाकाली अस्पताल

२०८० जेठ ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले सेवाको दायरा विस्तार गरेसँगै बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने बाध्यता हट्दै गएको छ ।

पाँच वर्षअघि मात्रै यहाँ दैनिक एक सयको हाराहारीमा बिरामी स्वास्थ्य सेवा लिन आउने गरेकामा अहिले दैनिक पाँच सयदेखि छ सय बिरामी आउने गरेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालले समयानुसार सेवा विस्तार गर्दै लगेकाले उपचारका लागि आउनेको सङ्ख्या पनि बढ्दै गएको जानकारी दिए ।

“केही समय कोभिडका कारण सेवा सञ्चालन गर्न सकिएको थिएन् । विस्तारित सेवा बुधबारदेखि सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “विशेषज्ञ सेवा अस्पतालले दिँदा यहाँ आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ ।”

अस्तापलमा अहिले हाडजोर्नी, बालरोग, स्त्रीरोग, नाक कान घाँटी, एमडिजिपी, रेडियोलोष्टि र सर्जन गरी १४ विशेषज्ञ चिकित्सक कार्यरत छन् । अध्यक्ष भट्टका अनुसार अस्पतालमा हाल ११ एमबिबिएस चिकित्सक, तीन दन्त रोग विषेशज्ञ छन् ।

विसं २०४० को दरबन्दी हालसम्म कायम रहेको बताउँदै उनले दरवन्दी बढाउनुपर्ने बताए । “पहिलेको दरबन्दी एक सय जनाको थियो । यहाँ दरबन्दी, अस्पताल व्यवस्थापन समिति, विभिन्न कार्यक्रममा गरी दुई सय भन्दा बढी चिकित्सकसहित स्वास्थ्यकर्मी कार्यरत छन्”, उनले भने ।

अध्यक्ष भट्टले एक सय शय्याको महाकाली अस्पताललाई दुई सय शय्याको बनाउने तयारी भइरहेको जानकारी दिए । अस्पतालमा भौतिक संरचनाको अभाव रहेको बताउँदै इमरजेन्सी भवन बनेपछि सेवा प्रवाहमा सहज हुने उनको भनाइ थियो । “ओपिडी ब्लक र इन्टोरका लागि अझै भवनको अभाव छ । भौतिक संरचना निर्माणमासमेत हामीले पहल गरिरहेका छौँ”, उनले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमित निको

ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा

अस्पताललाई १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

महाभारतका शकुनी मामा अस्पताल भर्ना

देशभर ६६७ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि – ५ जना सङ्क्रमण मुक्त

अमेरिकन ‘स्वाइन फिवर’ बाट चार सय बङ्गुर मरे

मधुमेहबाट बच्ने ८ उपाय र ८ लक्षण

अपचको प्रभावकारी औषधी कालो नुन, जान्नुहोस् कसरी सेवन गर्ने ?

चुरोट, सुर्तीको लत छुटाउन अब वीर अस्पताल जाऔँ

ओखलढुंगाका डाक्टर वसन्त कार्की मृत अवस्थामा फेला

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ४ संक्रमित निको

उपकुलपति साह अस्वस्थ्य, थप उपचारका लागि दिल्ली लगिँदै