सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खोला नतरे स्कुल जान पाइँदैन

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बिहानको साढे नौ बजेको छ । हातमा किताबकापी बोकेका विद्यार्थी हात ठाडो पारेरमा किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो ।

चिरई खोलामा पुल नहुँदा दैनिक २ सय ६५ भन्दा बढी विद्यार्थी जोखिम मोलेरै विद्यालय आउजाउ गर्छन् । वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीमा अध्ययनरत विद्यार्थी वर्षादको उर्लंदो भेल होस् वा हिउँदको चिसो जोखिम मोलेर खोला वारपार गर्न विवश छन् । वरिपरि स्कुल र पुल नहुँदा खोला तर्नैपर्ने बाध्यता छ ।

गाउँपालिकाको दालपुर, नौरंगया, छुट्पाटी, खजानिया, उज्ज्वलपुरका बालबालिका दैनिक खोला नतरे स्कुल जान पाउँदैनन् । छुट्पाटी–थरौलीघाट जोड्ने पुल नहुँदा जोखिम यात्रा गर्ने गरेको स्थानीयको भनाइ छ । कक्षा ६ मा अध्ययनरत विद्यार्थी बन्दना पालले खोला तर्दा समय लागेकै कारण कैयौंपटक कक्षामा समयमा उपस्थित हुन नसकेको बताइन् । खोला तर्दा कहिलेकाहीँ त किताब भिज्ने र बगाउने गरेको सुनाइन् ।

पटकपटक पुल माग गर्दासमेत सम्बन्धित निकायको ध्यान नदिँदा वर्षातको समयमा खोला तर्न जोखिम मोल्नुपर्ने बाध्यता रहेको शिक्षिका जसमती यादवले बताइन् । पुल नभएकै कारण वर्षाको समयमा कैयौंपटक विद्यार्थी पढाइ सुरु भइसकेपछि मात्रै विद्यालयमा उपस्थित हुने गरेको उनको भनाइ छ ।

खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न पनि समस्या भएको छ । वर्षौंदेखि पुल नहुँदा स्थानीयले ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता रहेको छ । हिँउदको समयमा जोखिम कम हुने भए पनि बर्षातको भेलमा खोला तर्न निकै सकस हुने गरेको स्थानीय कृष्ण पौडेल बताउँछन् । आजको राजधानी दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जो ७ सय बजेटमा वडा चलाउँथे

उधारोमा खाजा खाँदै विद्यार्थी

सुनकोसी नदीमा गाडी खस्यो, तीन जना कर्मचारी बेपत्ता

सफ्टवेयर बन्द भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम ठप्प

राजनीतिक दलको लेखा परीक्षण प्रतिवेदन जाँच गरिँदै

नेपाल–भारतबीचको समस्या समाधानका लागि नयाँ विकल्प

नेपाल–भारत साझेदारीमा नयाँ अध्याय

तापक्रमले नाघ्यो सीमा

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

के हो ट्रान्सफर प्राइसिङ ?

कूटनीतिक कौशलमा कमी

प्रशासन भद्रगोल अवस्थामा- धेरै मन्त्रालय र निकायमा उच्च कर्मचारी नै जिम्मेवारीविहीन