सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जेष्ठ १२ गते शुक्रबार, तपाईको आजको दिन कस्तो रहेछन ? हेर्नुहोस् राशिफल

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

श्रीशाके १९४५ नेपाल सं.११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ १२ गते शुक्रबार तद्अनुसार सन् २०२३ मे २६ तारिख ज्येष्ठ शुक्ल पक्षको सप्तमी तिथि अश्लेषा नक्षत्र ध्रुव योग गर करण आनन्दादियोगमा मृत्यु योग चन्द्रमा कर्कट राशिमा १९ः३४ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः१२ बजे भयो र सूर्यास्त साँझ १८ः५१ बजे हुनेछ । कुमार यात्रा ।✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष – आजको दिन त्यति शुभदायी देखिँदैन । कुनै नयाँ काम शुरु गर्दैहुनुहुन्छ भने तत्कालका लागि स्थगन गर्नु हितकर होला । कामकाजमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा हुने योग छ । सामाजिक काममा भने नाम रहनेछ । स्वास्थ्य सवल रहला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृष – प्रेम र मित्रताको बन्धन कसिने दिन छ । वैवाहिक जीवन सुखी होला । विभिन्न सहयोग र उपहार पाइनेछ भने सुखद यात्राको योग रहेको छ । आँटेको काम बन्नाले मन रमाउने छ । बुद्धि–विवेकको सही उपयोग हुने देखिन्छ । साथीभाइको साथ प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – परोपकारकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । मित्रजनसँग भेटघाट होला, मिष्ठान्न भोजनको अवसर मिल्ला । नसोचेको काम बन्ने योग छ । व्यापार व्यवसायबाट राम्रै आम्दानी हुन सक्छ । धनबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन खर्चका साथै विवाद बढ्ने तथा शत्रुले सताउने योग रहेकोले सतर्कता अपनाएर व्यवहार गर्नु हितकर हुनेछ । अनावश्यक धन नाश हुनसक्छ । अनावश्यक झमेलाबाट बच्ने प्रयास गर्नुहोला । स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । खेलकुद, भ्रमण जस्ता कार्यमा मन लगाउनु कल्याणकारी हुनेछ ।

सिंह – दिन शुभदायी छ । तपाईंको प्रतिभाको कदर होला । प्रयत्न गरेका काममा सफलता मिल्नेछ भने मित्रजनको साथ प्राप्त होला । ठुला ब्यक्तिसँग पनि भेटघाटको योग छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सुख आनन्द बढ्ला । मित्रजनको साथ मिल्नेछ ।

कन्या – धनलाभ हुने, रमाइलो यात्रा गरिने र नयाँ मित्र फेलापर्ने योग रहेको दिन छ । पुराना कामहरु बन्ने तथा चाहेअनुसार काममा सफलता मिल्नाले थप काम गर्ने हौसला बढ्ला । आयआर्जन बढ्ला । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – धन कमाउने अवसर प्राप्त हुने योग छ । कृषिको कामबाट विशेष लाभ होला । तर नयाँ काम शुरु गर्दै हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । पाहुना आगमनको सम्भावना छ । रमाइलो यात्रा हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – स्वास्थ्यमा गडबडी र व्यर्थको खर्च हुने योग रहेकोले आवश्यक सावधानी अपनाउनुहोला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा गर्न कठिन पर्ला । मित्रता तथा प्रेममा पनि धोका हुने योग छ, धैर्यतापूर्ण व्यवहारले समस्या समाधानको बाटो खुल्नेछ । योजना र बजेट बनाइ कार्य गर्नुहोला ।

धनु – सहयोगको आशा देखाउनेहरूले आज धोका दिन सक्छन्, सचेत रहनुहोस् । स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । सोचेको काम समयमै सम्पन्न नहोला । उन्नति गर्ने अवसर प्राप्त हुने योग पनि छ । रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – धन आर्जनका नयाँ बाटा खुल्ने समय छ । खर्च भन्दा कमाई नै बढी हुनेछ । आज परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । प्रियजनसँगको भेटघाटले मनमा उल्लास छाउनेछ । परिवारिक सुख बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । कामहरु सजिलै बन्नेछन् । रसरागमा मन जाला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा जांगर थपिने देखिन्छ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ ।

मीन – आजको दिन शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त गर्न बहुत मिहेनत पर्ला । वादविवादको सामना गर्नुपर्ने योग छ, सावधान रहनुहोला । घरपरिवारमा केही मनमुटाव हुन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, धैर्य राख्नु हितकर हुनेछ । वार्ताबाट गरिने काममा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना

पनौतीमा हिलेजात्रा: जात्रा सकिएपछि मात्र रोपाइँ

प्रधानमन्त्री प्रचण्डले दर्शन गर्ने महाकालेश्वर मन्दिरबारे जान्नुहाेस् !!

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरकाे पुजाअर्चना गर्ने

भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

जेष्ठ १६ गते मंगलबार,यस्तो छ तपाईंको आजको राशिफल

धनगढीमा भोलि सार्वजनिक विदा

राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा खुल्यो

तपाईको आजको दिन कस्तो रहेछन ? हेर्नुहोस् राशिफल

नरैनापुरको सुल्तान बाबा दरगाह कुट्टीको संरक्षण गरिने

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)