
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौंः शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बिचमा हुनेछ । जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ ।
उता, रंगशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्रि स्टार बिच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।