सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रसुवाका २ विद्यालयद्वारा छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रसुवा जिल्लाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो ।

दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई किताब, कमल, कापी, झोलालगायत सामग्री वितरण गरिएको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना माविमा कक्षा १ देखि अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन  गरिँदै आएको छ ।

विद्यार्थीलाई सामग्री उपलब्ध गराएपछि अभिभावक खुसी भएका छन् । यसअघि ज्याङ्लाङ प्राविमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेमार्फत दाताको सहयोगमा भवन निर्माण गरिएको थियो । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको जिवजिवे नीलकण्ठ नमूना मावि भने हालसम्म पुनःनिर्माण हुन सकेको छैन । जीर्ण भवनका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भाइको नामबाट एसइई दिने १ जना पक्राउ

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

बागलुङका चार हजार चार सय विद्यार्थी एसइईमा सहभागी

आजदेखि एसइई सुरु

भर्ना प्रक्रिया पारदर्शी बनाउन शिक्षा मन्त्रीको आग्रह

सीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसइईमा सहभागी हुँदै

एसइई परीक्षा विहिबारदेखि, ५ लाख बढी सहभागी हुदै

माग पूरा नभएपछि आयुर्वेद क्याम्पस कीर्तिपुरमा प्राध्यापक संघको ताला