सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा विजय कार्की निर्विरोध

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा सत्तापक्षीय विद्यार्थी सङ्गठनहरूले ताला लगाएपछि स्थगित भएको थियो ।

चुनावको माग गर्दै अदालतमा रिट परेपछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासले वैशाख १० गते ३० दिन भित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेशअनुसार जेठ ११ गते मनोनयन दर्ता भएको थियो ।

अनेरास्ववियु इतरका विद्यार्थी सङ्गठनहरू सहमतिमा स्ववियु बोर्ड गठन गर्ने पक्षमा उभिएपछि निर्विरोध नेतृत्व चयन भएको हो ।

स्ववियुको सचिवमा नेविसंघका निराजन खरेल, कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी र खुला सदस्यमा अनेरास्वयिुका सृजन नेपाल, प्रकृति गौतम, प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी, पुनम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

१९ सदस्यीय स्ववियु बोर्डमा विद्यार्थी सङ्गठनले गरेको सहमतिअनुसार अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्षसहित ९, नेविसंघले उपाध्यक्ष, सचिवसहित ६, अखिल क्रान्तिकारीले सहसचिवसहित २ सदस्य र विप्लव निकट क्रान्तिकारीलाई २ सदस्य दिने गरी सहमति भएको अनेरास्ववियुका सरोज पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इन्जिनियरिङका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

सूर्यविनायक नगरपालिकाभित्र शिक्षामा गुणस्तर अभियान सुरु

जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता

अत्याधिक गर्मीले रौतहटका बिद्यालय एक हप्ताका लागि बन्द

गर्मीले सिराहाकाे जनजिवन प्रभावित, लाहानमा आजवाट बिद्यालय बन्द

बजेटमा संशोधन गरी शिक्षक–कर्मचारीको समस्या सम्बोधन गर्न माग, अन्यथा आन्दोलन गर्ने चेतावनी

गर्मीका कारण कलैयाका विद्यालय बन्द

सुनसरीका तीन स्थानीय तहका विद्यालयमा गर्मी बिदा

माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको मागसहित कावासोतीमा विद्याार्थीहरु रिले अनसनमा