सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रिमियर लिगमा चेल्सीको १६औं हार

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ ।

युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४–१ को अन्तरले पराजित गरेको हो । प्रिमियर लिगमा चेल्सीको यो १६औं हार हो  ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको सुरुवाती छैटौं मिनेटमा क्यासमिरोले सुरुवाती गोल गरेर म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्ज्युरी समयमा मार्सियालले थप गोल गरे पछि उसको अग्रता दोब्बर हुन पुग्यो ।

पहिलो हाफमा २–० ले अघि बढेको म्यानचेस्टरले ७३औं मिनेटमा पेनाल्टी पायो । ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत सानदार गोल गरे पछि म्यानचेस्टर ३–० को फराकिलो अन्तरसहित अघि बढने मौका पायो ।

त्यसको केही मिनेट पछि नै अर्थात ७८औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडले ४–० को फराकिलो जीतको दावेदारी प्रस्तुत गरे पनि ८९औं मिनेटमा चेल्सीका जोआओ फेलिक्सले गोल फर्काए पछि खेल ४–१मा रहन पुग्यो । तर, त्यसपछि दुवै पक्षवाट कुनै गोल हुन नसके पछि म्यानचेस्टर ४–१ को फराकिलो अन्तरसहित बिजयी हुन सफल भयो ।

यस जितसँगै म्यानचेस्टरले ३७ खेलबाट ७२ अंक जुटाएको छ भने चेल्सी समान ३७ खेलबाट ४३ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एक लाखको पुरस्कार जय क्याम्पसको पोल्टामा

मेयर तथा उपमेयर कपको उपाधि पाटनलाई

नेपाल मलेसियाँसग चार विकेटले पराजित

मेसीपछि रामोस पनि पिएसजीमा नरहने

ए डिभिजन लिग, आज तीन खेल हुदैँ

महिला टि–२०ः आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै

पाल्पा गोल्डकप: फोर ब्रदर्स सेमिफाइनमा

मुगुको रारामा म्याराथन प्रतियोगिता हुने

एन्फा-क्लब बिबादः आजवाट कालोपट्टी लगाएर खेलाडीले फुटबल खेल्ने

मेस्सीले पीएसजी छाड्ने पक्का

मलेसियाविरुद्ध नेपालको दोस्रो जित

महिला टि-२० क्रिकेट : मलेसियालाई २७ रनले हराउदै नेपाल विजयी