सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अब ह्वाट्सएप युजरनेमबाट पनि प्रयोग गर्न सकिने !

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो समयमा ह्वाट्सएपमा एकपछि अर्को गर्दै नयाँ-नयाँ फिचरहरू थपिने क्रम जारी छ ।

केही दिन अगाडि मात्र मेसेज एडिट गर्न मिल्ने फिचर सार्वजनिक गरेको कम्पनीले पुन: अर्को नयाँ फिचर चाडैँ नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

बाहिरिएको जानकारी अनुसार ह्वाट्सएपले प्रोफाइल अपडेटमा काम गरिरहेको छ । प्रयोगकर्ताको युजरनेमको लागि कम्पनीले नयाँ अप्सन थप गर्न लागेको हो । यो नयाँ फिचर लागू भएसँगै प्रयोगकर्ताले आफ्नो युजरनेम आफैले छनोट गर्नसकिने बताइएको छ ।

यो फिचर इन्स्टाग्राममा जस्तै ह्वाट्सएपमा पनि आफ्नो युजरनेम प्रयोग गर्न सकिने फिचर हो । यसपछि प्रयोगकर्ताले आफ्नो फोन नम्बर वा क्यूआर कोडबाट मात्र नभइ युजरनेमको आधारमा साथीहरूसँग जोडिन सक्नेछन् ।

प्रयोगकर्ताको प्रोफाइलमा ‘चुज माइ युजरनेम’ भन्ने अप्सन थपिनेछ । उक्त अप्सनमा क्लिक गरेर प्रयोगकर्ताले आफ्नो युजरनेम क्रियट गर्न सक्नेछन् । पछि नयाँ मानिसहरूसँग जोडिनको लागि सोही युजरनेम पनि प्रयोग गर्न सकिनेछ ।

यद्यपि यसले कसरी काम गर्नेछ र युजरनेमको के कै फाइदा हुनेछन् भन्ने विषयमा भने केही जानकारीहरू बाहिर आउन बाँकी नै छ ।

यो फिचर हाल परीक्षणको क्रममा नै छ । ह्वाट्सएपको नयाँ अपडेटसँगै यो फिचर पनि उपलब्ध हुने बताइएको छ । तर यो सबैको लागि उपलब्ध नहुन सक्छ अथवा यसको बेटा भर्सन मात्र उपलब्ध हुनेछ । टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

आइएमई पेको नयाँ अफर सार्वजनिक

सस्तो मूल्यमा उत्कृष्ट सुविधा प्रदान गर्ने रेडमी १२ सी

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो

च्याटजीपीटीको मोबाइल एप चलाउने संख्या बढ्दै

यी हुन् ट्वीटरमा सर्वाधिक फलो गरिएका व्यक्तिहरु, कुन देशमा ट्वीटर प्रयोगकर्ता कति ?

अब भवन निर्माणमा पनि ‘गो ग्रीन’ मा जाऔं : विज्ञ

शुक्रबार १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरूद्ध हुने

‘आईएमई पे’ र केटीएम बबल टीबीच सम्झाैता, फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट

नेपालमा इलेक्ट्रिक कारको आयात ह्वात्तै बढ्यो, सबैभन्दा धेरै भारतबाट