
काठमाडौंः काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले नयाँ भाडादर राजपत्रमा प्रकाशित गरेको छ । काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यकाबाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।