सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जोर्डनका युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाहकाे किन भइरहेछ विश्व भरी चर्चा ?

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जोर्डनका युवराजको एक साउदी महिलासँग विवाहको तयारी, यसका लागि हुने समारोह र दुवैको जीवनबारे मध्य–पूर्वमा मात्रै नभई पुरा विश्व भरी निकै रुचि देखिएको छ ।

हुन त जोर्डनका युवराज शहजादा हुसैन बिन अब्दुल्लाह द्वितीय र साउदी आर्किटेक्ट रजवा अल सैफको विवाह जून १ मा हुँदै छ तर यसअघिका पारम्परिक समारोहका झलक सोसल मिडियामा आकर्षणको केन्द्र बनेको छ । यो जोडीको इन्गेजमेन्टको औपचारिक सरकारी घोषणा अघिल्लो वर्ष १० अगस्टमा गरिएको थियो र अब यस वर्ष मे र जूनमा उनीहरूको विवाहसम्बन्धी शाही समारोहका तयारी जोडतोडले जारी छ ।

शाही जोडीको विवाहको दिन जोर्डनमा सरकारी छुट्टी हुनेछ, समारोहमा विश्वभरिका चर्चित मानिसको सहभागिता हुनेछ । यस्तै, राजधानीमा अरब गायकको निःशुल्क कन्सर्ट पनि हुनेछ ।

jordan1जोर्डनका राजकुमार हुसेनले हालै एक कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा रजवा अल सैफसँगको आफ्नो चिनजानको कथा अन्य प्रेमकथाभन्दा फरक नभएको र उनीहरूको भेटमा एक साझा साथीको हात रहेको बताए ।

हालै जोर्डनकी महारानी रानयाले विवाह अघि परम्परागत मेहन्दी पार्टीको आयोजना गरिन् । मेहन्दीको यस समारोहमा जोर्डन र साउदीका परम्परागत गीत गाइए र खुसी व्यक्त गर्न परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो ।

यस अवसरमा रानी रानयाले भनेकी थिइन्, ‘हुसैन मेरो जेठो छोरा हो । उनी एक (हाशमी कुलका ) नौजवान हुन् । अन्य आमाले झैँ मैले पनि उनलाई दुलहाको रूपमा हेर्ने सपना देखेको थिएँ । हुसैन तपाईंको छोरा हो, तपाईं उसको परिवार हुनुहुन्छ र यो समारोह तपाईंहरुको हो ।’

उनले भनिन्, ‘अन्ततः मैले एक बुहारी पाएँ तर उनी साधारण बुहारी होइनन् । भगवानले रजवाको रक्षा गरुन् । उनी मेरो लागि मेरा छोरीहरू (इमान र सलमा) जस्तै मूल्यवान् छिन् ।’

jordan2को हुन् युवराज हुसेन बिन अब्दुल्लाह ?

राजकुमार हुसैनको जन्म २८ जुन १९९४ मा जोर्डनको राजधानी अम्मानमा भएको थियो । उनी राजा अब्दुल्लाह द्वितीय र रानी रानयाका जेठो छोरा हुन् । उनका एक भाइ शाहजादा हाशिम र दुई बहिनीहरू इमान र सलमा छन् ।

राजकुमार हुसेनले आफ्नो प्रारम्भिक शिक्षा जोर्डनको किंग्स एकेडेमीबाट २०१२ मा पूरा गरे, त्यसपछि उनले सन् २०१६ मा अमेरिकाको जर्जटाउन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय इतिहासमा डिग्री हासिल गरे ।

सन् २०१७  मा, उनले रोयल मिलिटरी एकेडेमीबाट स्नातक गरे, जुन एकेडेमीबाट उनका बुबा राजा अब्दुल्ला द्वितीय र उनका हजुरबुबा राजा हुसेन बिन तलालले स्नातक गरेका थिए । अहिले उनी जोर्डनको सशस्त्र बलमा कप्तानको पदमा छन् ।

राजकुमार हुसैनलाई जुलाई २, २००९ मा युवराज घोषणा गरिएको थियो ।

jordan3पछिल्ला केही वर्षमा राजकुमार हुसेनले बुबासँगै जोर्डनको आन्तरिक तथा बाह्य भ्रमण गरेका छन् । उनी सानैदेखि आफ्ना बुबासँग धेरै सरकारी र सैन्य गतिविधिहरूमा देखिएका थिए ।

जोर्डनको संविधान अनुसार युवराजको भूमिका राजनीतिक हुँदैन । सन् २००९ मा,युवराज घोषित भएपछि सन् २०१० मा युवराजको ताज पहिरिए पछि उनले आफ्नो पहिलो आधिकारिक उपस्थिति देखाए । त्यति बेला उनले जोर्डनमा महान् अरब विद्रोह र सशस्त्र सेनाको वार्षिकोत्सवका दिन आयोजित समारोहमा आफ्नो बुबाको प्रतिनिधित्व गरेका थिए ।

त्यसपछि, राजकुमार हुसेनले जोर्डनको आधिकारिक र व्यावसायिक भ्रमणहरूमा राजाको प्रतिनिधित्व गर्न जारी राखे ।

२२ सेप्टेम्बर सन् २०१७ मा, राजकुमार हुसेनले २० वर्षको उमेरमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको अध्यक्षता गरे । उनी सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने सबैभन्दा कान्छो व्यक्ति बने ।

सन् २०१५ मा, राजकुमार हुसैनले क्राउन प्रिन्स फाउन्डेशनको आधारशिला राखे जस मार्फत उनले धेरै कदम चालेका थिए । यसको उद्देश्य सूचना प्रविधि, पर्यटन र अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा विकासको लागि जोर्डनका युवाहरूलाई मद्दत गर्नु हो ।

यस फाउन्डेसनको सबैभन्दा महत्त्वपूर्ण पहल भनेको अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ मा जोर्डनका युवाहरूलाई प्रशिक्षणको अवसर प्रदान गरिएको थियो । सोही तालिम र मद्दत पछि, जोर्डनले सन् २०१८ मा आफ्नो पहिलो उपग्रह (JY1-SAT) अन्तरिक्षमा पठाएको थियो ।

jordan4को हुन् रजवा अल सैफ ?

प्रसिद्ध लाइफस्टाइल म्यागेजिन ‘भोग’ र बेलायती समाचार सञ्चारमाध्यमको अरबी संस्करणमा आएको रिपोर्ट अनुसार २८ वर्षीय रजवा अल सैफका बुबा खालिद अल सैफ एक चर्चित व्यापारी र अल सैफ समूहका प्रमुख हुन् । यो कम्पनी स्वास्थ्य, निर्माण र सुरक्षा क्षेत्रमा राम्रोसँग परिचित छ ।

रजवाको जन्म २८ अप्रिल १९९४ मा साउदी अरेबियाको राजधानी रियादमा भएको थियो र उनी चार दाजुभाइमध्ये कान्छी हुन् । साउदी अरबमा आफ्नो प्रारम्भिक शिक्षा प्राप्त गरेपछि, उनले अमेरिकाको न्यूयोर्कको सिराक्यूज विश्वविद्यालयको कलेज अफ आर्किटेक्चरबाट स्नातक गरे ।

रजवाले आफ्नो अध्ययनको क्रममा २०१६ मा दुबईको नौ दिने भ्रमण गरिन् र आफ्नो विश्वविद्यालयको वेबसाइटलाई भनिन्, ‘यो अवधि मेरो लागि अविस्मरणीय थियो किनभने विद्यार्थीहरूले पहिलो पटक अरब संस्कृति र निर्माण कला देखे ।’

उनले भनिन्, ‘दुबई एकदमै आकर्षक सहर हो, जहाँ आधुनिक वास्तुकला छ तर अरब संस्कृति र इतिहासको परम्परागत सौन्दर्यलाई जोगाइएको छ ।’

jordan5उनकी इन्गेजमेन्ट अघि राजकुमार हुसैनकी कान्छी बहिनी राजकुमारी इमान बिन्त अब्दुल्लाहको इन्गेजमेन्ट जमिल एलेग्जेन्डर धर्म्यूतीससँग अघिल्लो वर्ष जुलाईमा भएको थियो ।

रजवासँग लस एन्जलसको फेसन इन्स्टिच्युट अफ डिजाइन एन्ड मर्चेन्डाइसिङबाट भिजुअल कम्युनिकेसनको डिग्री पनि छ ।

उनले लस एन्जलसमा आर्किटेक्चर कम्पनीसँग काम गरिन् र पछि रियादको एक डिजाइन स्टुडियोसँग आबद्ध भइन् ।

यी दुईको इन्गेजमेन्टमा साउदी युवराज शहजादा मोहम्मद बिन सलमानले शुभकामना दिएका थिए ।

राजकुमार हुसैन जोर्डनका युवराज भएका कारण विवाह लगत्तै रजवालाई पनि शाही जिम्मेवारी दिइने अनुमान गरिएको छ ।

jordan6उनको लवाई र फेसन सेन्सको तुलना कहिलेकाहीँ बेलायतकी शाहजादी प्रिन्सेस अफ वेल्स केट मिडलटनसँग गरिन्छ ।

उनकी भावी सासू अर्थात् महारानी रानयाले कायरोको अमेरिकन युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रेशन पढेकी थिइन् र बिहेअघि सिटी बैङ्क र एप्पल कम्प्युटर जस्ता कम्पनीहरूमा काम गरेकी थिइन् ।

मेहेन्दी पार्टीको अवसरमा रानी रानयाले भनिन्, ‘अल हुसैनेल आफू रजवासँग विवाह गर्न चाहेको बताएपछि राजा र म असाध्यै खुसी भयौँ । यो मेरो प्रार्थनाको उत्कृष्ट जवाफ हो ।’

jordan7महारानी रनयाले रजवा आफ्नी आमा र युवराजको भावी सासू इज्जा बिन्त अल सअिरीजस्तै एक हिरा भएको बताइन् । ‘म र अल हुसैनले रजवाको ख्याल राख्नेछौँ । यो उनको पनि देश हो, उनी आफ्नो परिवार र आफ्ना जनताबीच रहनेछिन् ।’ बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !!

नर्वेमा भेटियो समुन्द्र मुनी ज्वालामुखी

४० घण्टासम्म पानी नखाई सुटिङ गरेकी अदा

श्रीमतीले कुखुराको मासु पकाउन नमानेपछि श्रीमानले आत्महत्या गरे

उडिरहेको विमानको ढोका खोल्ने व्यक्तिले आफ्नो बयानमा के भने ?

गर्भवती अवस्थामा यौन सम्बन्ध कसरी राख्ने, सुरक्षित तरिका सहित !

घरमा कुकुर पालेमा यसरी हुन्छ फाइदा

स्तन चाहेजति ठूलो कसरी बनाउने ? यो उपाय अपनाउनुहोस्

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

यस्तो गल्तीले सनस्क्रीन लगाउँदा पनि हुन सक्छ ट्यानिंग

७४ दिनसम्म पानीभित्र बसेर रेकर्ड तोडे, तर बाहिर किन निस्किएनन् ?