सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले सांसदको नाराबाजीपछि संसद बैठक स्थगित

२०८० जेठ १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।  शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरु अहिले रोष्ट्रम घेरेर नाराबाजी गरेका थिए ।

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै उनीहरुले सरकारले जवाफ दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर नाराबाजी गरिरहे ।

बैठक चल्न दिन पटक पटकको आग्रह गर्दा पनि एमाले सांसदले नमानेपछि सभामुख देवराज घिमिरेले शुक्रबार नै बस्नेगरी २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि सभामुख घिमिरेले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । उनीहरुले सरकारले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए ।

सोही बेला माओवादीका हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरिरहे । सभामुख घिमिरेले पटक पटक बैठक चल्ने वातावरण बनाउन यथास्थानमा गएर आसन ग्रहण गर्न आग्रह गरिरहे । तर, एमालेका सांसदले नमानेपछि बैठक नै स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

सांसद खानद्वारा सपथ ग्रहण

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

गण्डकी प्रदेशसभा अधिवेशन आव्हान

लुम्बिनी प्रदेशसभामा १७ महिनापछि संसदीय समितिमा सर्वसम्मत नेतृत्व

राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छः अध्यक्ष दाहाल

मधेश प्रदेश सभामा जनमतको अवरोध

कोरम नपुगेपछि समितिको बैठक स्थगित

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुर्नबहाली

प्रतिनिधिसभाको चालु अधिवेशनमा के-के भए काम ?

अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलकः सभामुख