सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘डेमोक्रेटिक इन्जिनियर्स नेपालको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित

२०८० जेठ १५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन् ।

सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार भएको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा इन्जिनियर चेतनाथ पाण्डेलाई पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।

अध्यक्ष केसीले एक हजार छ सय १९ मत र पाण्डेले एक हजार ६२ मत प्राप्त गरेको निर्वाचन अधिकृत शुक्रराज पौडेलले जानकारी दिए ।

यस्तै, उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमनबहादुर खड्का, उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यमा उपेन्द्र महरान, राहुल मिश्र, जगदीश नेपाल, सन्दीप वाग्ले, नवीन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाईं, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थी विजयी हुनुभएको निर्वाचन अधिकृत पौडेलले बताए ।

नवनिर्वाचित अध्यक्ष केसीले सन् २०१० मा संयुक्त राज्य अमेरिकाको मानोआस्थित हवाई विश्वविद्यालयबाट सिभिल र पर्यावरण इञ्जिनियररिङमा स्नातकोत्तर गरेका छन् । उनी नेपाल एकीकृत अनुसन्धान तथा विकास प्रतिष्ठानको कार्यकारी निर्देशकसमेत हुन् ।

सन् २०१२ मा इन्जिनियर एन्ड प्लानर्स प्रालिको प्रबन्ध निर्देशक भएका उनले विश्व बैंकमा समेत काम गरिसकेका छन् । नेपाल इञ्जिनियरिङ कलेजमा प्राध्यापनसमेत गर्नुभएका उहाँले विभिन्न इन्जिनियर संस्थामा रहेर काम गरिसकेका छन् ।

सिडेनका संस्थापक नेता केसीले सन् २०१८ देखि २०२० सम्म केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएको थियो । केसी नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार सङ्घीय राजधानी काठमाडौँसहित सातै प्रदेशमा निर्वाचन भएको थियो । नवनिर्वाचित अध्यक्ष केसीले इन्जिनियरको हक, अधिकारका क्षेत्रमा काम गर्दै सिडेनलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्ने बताए । सिडेनको निर्वाचन प्रत्येक दुई वर्षमा हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

आठ डीएसपी एसपीमा बढुवा सिफारिस

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा

प्रहरी चौकीका आफ्नै भवन छैनन्

माओवादी पदाधिकारी बैठक सुरु

बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग

चट्याङ लागेर एकै घरका तीन घाइते

मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

मोदीको बिरूद्दमा वाराणासीमा कांग्रेसको उम्मेदवार अजय राय

उद्योगमन्त्री भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्रीको भेट