सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सात दिनभित्र संसदीय समिति सभापति चयन गर्न सभामुखको निर्देशन

२०८० जेठ १५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले सात दिनभित्र संसदीय समितिका सभापति चयन गर्न निर्देशन दिएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिन नसकेको भन्दै सात दिनभित्र चयन गर्न निर्देशन दिएका हुन् ।

संसदीय समितिको नेतृत्वबारे दलहरुको ध्यानाकर्षण गराउँदै उनले समिति र उपसमिति ज्येष्ठ सदस्यले नै नेतृत्व गरिरहेको भए पनि सभापति चयन नहुँदा विधेयकमाथिको छलफलले गति लिन नसकेको जानकारी गराएका हुन् ।

‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ,’ बैठकमा सभामुख घिमिरेले भने, ‘सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन । तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन)बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’

गत १९ चैतमा  प्रतिनिधि सभा नियमावली २०७९ पारित भएपछि १५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन गरिएको थियो । यसपछि २ जेठमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो भने बैठकको सभापतित्व ज्येष्ठ सदस्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग

सांसद खानद्वारा सपथ ग्रहण

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

गण्डकी प्रदेशसभा अधिवेशन आव्हान

लुम्बिनी प्रदेशसभामा १७ महिनापछि संसदीय समितिमा सर्वसम्मत नेतृत्व

राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छः अध्यक्ष दाहाल

मधेश प्रदेश सभामा जनमतको अवरोध

कोरम नपुगेपछि समितिको बैठक स्थगित

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुर्नबहाली

प्रतिनिधिसभाको चालु अधिवेशनमा के-के भए काम ?

अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलकः सभामुख