सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपप्रधानमन्त्री खडकाकी बुहारीको सवारी दुर्घटनामा परी निधन

२०८० जेठ १७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ।

मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खडकाको माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो । साथै, सो कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएकाे छ ।

कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार बाँकेवाट सुर्खेततर्फ जाँदै गरेको उनीहरु सवार  कार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै बससँग ठोक्किन पुगेको थियो ।

सो दुर्घटना पछि खडका, उनका चालक र बसमा यात्रारत ८ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याईएको थियो । तर, उपचारका क्रममा बुहारी खडका र उनका सवारी चालक अधिकारीको मृत्यु भएको हो ।

मृतक सञ्जु बुढा उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती  हुन्। मृतक सञ्जु र डम्बरका दुई छोरा रहेका छन्। उनका श्रीमान डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशकसमेत हुन्।

कार र बस एक आपासमा ठोक्किदा कार पुरै क्षतिग्रस्त भएको छ भने बसको अगाडीको भाग पुर्ण रुपमा क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति

राप्रपाको काठमाडौँ केन्द्रित जनप्रदर्शनका क्रममा घाइते डाँगीको मृत्यु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री पुग्दै

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

नागढुङ्गा सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै

कस्तो छ आजको मौसम ?

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

हरियो तरकारी तथा फलफुलको यस्तो छ आजको मूल्य