सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रेडियो पत्रकारको हत्या

२०८० जेठ १७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ ।

पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई  उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् ।

आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ । बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन् । उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका छन् ।

गत जुनमा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि मारिने बुन्डुक्विन तेस्रो पत्रकार हुन् । केही महिनाअघि रेडियो प्रसारक पर्सिभल माबासालाई मनिलास्थित उनको स्टुडियोतर्फ गइरहेका बेला गोली हानी मारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इजरायली आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

केजरीवालको पक्राउ बारे संयुक्त राष्ट्रसंघको टिप्पणी

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

भारत—चीनबीच लद्दाख समेतका सीमा क्षेत्रमा तनाब कम गर्न सहमति

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- ‘चुनाव लड्ने पैसा छैन’

बंगलादेशी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थपियो

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

युक्रेन र भारतका विदेशमन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता हुने