सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विवाह गर्न नमानेपछि चक्कु प्रहार गरी प्रेमिकासहित काकाको हत्या

२०८० जेठ १८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेको आवेगमा कपिलवस्तुमा एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् ।

प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित ती युवाले आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् ।

अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैलाई शरीरका विभिन्न ठाउमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो ।

प्रहरी प्रवक्ता घलेका अनुसार मोहन र अन्जनीबीच प्रेम सम्बन्ध थियो। मोहनले केही समयअघि विवाहको प्रस्ताव अन्जनीलाई राखेपनि उनले अस्वीकार गरेकी थिइन्। चक्कु प्रहार गर्ने मोहनलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनेरास्ववियुकी बम पक्राउ

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा र अधिकृत शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर

वेश्यावृत्तिमा लगाएको अभियोगमा एकजना पक्राउ

ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्यामा संलग्न चार जना सार्बजनिक

श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

पाँच बङ्गलादेशी नागरिक पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

प्रहरीलाई अनुचित प्रभावमा पार्न खोज्ने भारतीय नागरिक पक्राउ

ललितपुरमा ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा