सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्व उपकुलपतिसहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

२०८० जेठ १८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर भएका छन्।

​भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौंले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।

न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ। दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको हो।

अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन्। प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवालले सफाइ पाएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण (वस्तु) तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापाबाट ब्राउनसुगरसहित चारजना पक्राउ

क्रिप्टो कारोबारी अर्बपति एसबीएफलाई २५ वर्ष जेल सजाय

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक

एमडीएमएसमा भ्रष्टाचार: प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर

अनेरास्ववियुकी बम पक्राउ

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा र अधिकृत शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर

वेश्यावृत्तिमा लगाएको अभियोगमा एकजना पक्राउ

ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्यामा संलग्न चार जना सार्बजनिक

श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

पाँच बङ्गलादेशी नागरिक पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ