शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौंः पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६४० जनाको परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार ३१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा १ हजार २६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
