सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

२०८० असार १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेका छन् ।

सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिए । उनका अनुसार यसरी रिट लिएर जानेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम रहेका छन् । उक्त रिटमाथि शुक्रबार सुनुवाइ हुने जनाइएको छ ।

अर्का गोपाल कार्कीसहित उनीहरुलाई यही असार १२ गते प्रहरीले पक्राउ गरेको थियो । यही १३ गते अदालतमा पेस गरिएकामा काठमाडौँ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।

सर्वाेच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको छ ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

प्रधानमन्त्री ओली भोलि विश्वासको मत लिनुहुँदै : विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण

‘ऐन संशोधन गर्न अघि सारेको प्रस्ताव संसदबाट पास गराइने’

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति

उपप्रधानमन्त्री सिंहसँग चिनियाँ राजदुत चोंगको भेटवार्ता

किन लत्याइयो धारा ७६ (२) ? : प्रा. वीरेन्द्र मिश्र

किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

पहिरोमा परी गम्भीर घाइते चारजनाको सेनाको हेलिकप्टरबाट उद्धार