
काठमाण्डौः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार प्रेश विज्ञप्ती जारी गरी चिकित्सा शिक्षा संघर्ष समितिको नामबाट विद्यार्थीहरुको समूहले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका चिकित्साशास्त्र तर्फका डीन तथा परीक्षा शाखा कार्यालयमा तालावन्दी गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ताले दुई पेज लामो विज्ञप्ती जारी गरी संघर्ष समितिको नामबाट भइरहेको आन्दोलनबाट मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएकोले तत्काल बार्ताको माध्यमबाट समाधान खोज्न र जारी आन्दोलनलाई स्थगित गर्न अपिल समेत गरिएको छ ।

उक्त विज्ञप्तीमा भनिएको छ चिकित्साशास्त्र तर्फका स्नातक तहका विभिन्न विषयका प्रवेश परीक्षाको मुखमा तालावन्दी गर्दा त्यसले परीक्षा दिन लागेका विद्यार्थीलाई समेत अन्योलको अवस्था सिर्जना गर्ने भएकोले बार्ता नै सबैभन्दा उपर्युक्त विकल्प भएको समेत जनाएको छ ।