सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

२५औं जन्मजयन्तीमा पर्यटनमन्त्रीलाइ प्रमुख अतिथि नबनाउन नेवाः राजनीतिक अभियानको यस्तो दवाब

२०७६ भाद्र १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूले यही भदौ १९ गते २५ औं जन्मजयन्ती (रजत जयन्ती) समारोहको विशेष समारोहमा वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाउन लागेको भन्दै नेवाः राजनीतिक अभियानले नबनाउन दवाब दिएको छ ।

श्रीकृष्ण मानन्धर अध्यक्ष रहेको नेवाः राजनीतिक अभियानले मंगलबार नेवाः देय् दबूलाइ बुझाएको ज्ञापनपत्रमा भनिएको छ, काठमाडौं थँबहि (ठमेल)को कमलपोखरीलाई भूमाफियाहरुले कम्प्लेस बनाएको र त्यसलाई लिएर उपत्यकाका आदिवासी नेवाःहरुले विरोध गरेर साविक कमलपोखरी नै कायम गर्नुपर्दछ भनेर संघर्ष गर्दै आएको देय् दबूसँगैं सबै नेवाःहरुलाई जानकारी भएकै विषय हो ।  

नेवाःहरुको विरोधका साथसाथै नाराबाजी र प्रदर्शनका बीचमा गएको २०७५ पुष १० गते थँबहि (ठमेल)को कमलपोखरीलाई समाप्त पारेर छाँयादेवी कम्प्लेस बनाएको उद्घाटन गर्ने अहिलेका संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाएकोमा साह्रै दुःख लागेको छ भनिएको छ ।

नेवाःहरुको पहिचानसित सम्बन्ध भएको कमलपोखरीलाइ समाप्त पारेको विरोध गर्दै एकातिर नेवाःहरुले संघर्ष गरिरहेको समयमा सांसदको हैसियतले पछाडिको ढोकाबाट गएर छाँयादेवी कम्प्लेस उद्घाटन गर्नुहुने मन्त्री भट्टराईको सो कार्य एक किसिमले नेवाः विरोधी कार्य हो समेत भनिएको छ ।

त्यसैले नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूबाट उहाँलाई प्रमुख अतिथि बनाएकोमा हाम्रो घोर आपत्ति समेत रहेको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । अनि देय् दबूबाट उहाँलाई प्रमुख अतिथि नबनाउनका लागि अनुरोध पनि गर्दछौं । केही भएर उहाँलाई प्रमुख अतिथि बनाएमा त्यहाँ नेवाःहरुले विरोध गर्यो वा कुनै पनि किसिमको घटना घट्यो भने त्यसको जिम्मेवारी स्वयं देय् दबू नै हुनेछ भनि अन्तमा बिज्ञप्तीमार्फत स्पष्ट पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

सिरहामा बस दुर्घटना, एकको मृत्यु २६ जना घाइते

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

सडक दुर्घटनाका पाँच वर्ष : १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)