सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

२५औं जन्मजयन्तीमा पर्यटनमन्त्रीलाइ प्रमुख अतिथि नबनाउन नेवाः राजनीतिक अभियानको यस्तो दवाब

२०७६ भाद्र १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूले यही भदौ १९ गते २५ औं जन्मजयन्ती (रजत जयन्ती) समारोहको विशेष समारोहमा वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाउन लागेको भन्दै नेवाः राजनीतिक अभियानले नबनाउन दवाब दिएको छ ।

श्रीकृष्ण मानन्धर अध्यक्ष रहेको नेवाः राजनीतिक अभियानले मंगलबार नेवाः देय् दबूलाइ बुझाएको ज्ञापनपत्रमा भनिएको छ, काठमाडौं थँबहि (ठमेल)को कमलपोखरीलाई भूमाफियाहरुले कम्प्लेस बनाएको र त्यसलाई लिएर उपत्यकाका आदिवासी नेवाःहरुले विरोध गरेर साविक कमलपोखरी नै कायम गर्नुपर्दछ भनेर संघर्ष गर्दै आएको देय् दबूसँगैं सबै नेवाःहरुलाई जानकारी भएकै विषय हो ।  

नेवाःहरुको विरोधका साथसाथै नाराबाजी र प्रदर्शनका बीचमा गएको २०७५ पुष १० गते थँबहि (ठमेल)को कमलपोखरीलाई समाप्त पारेर छाँयादेवी कम्प्लेस बनाएको उद्घाटन गर्ने अहिलेका संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाएकोमा साह्रै दुःख लागेको छ भनिएको छ ।

नेवाःहरुको पहिचानसित सम्बन्ध भएको कमलपोखरीलाइ समाप्त पारेको विरोध गर्दै एकातिर नेवाःहरुले संघर्ष गरिरहेको समयमा सांसदको हैसियतले पछाडिको ढोकाबाट गएर छाँयादेवी कम्प्लेस उद्घाटन गर्नुहुने मन्त्री भट्टराईको सो कार्य एक किसिमले नेवाः विरोधी कार्य हो समेत भनिएको छ ।

त्यसैले नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूबाट उहाँलाई प्रमुख अतिथि बनाएकोमा हाम्रो घोर आपत्ति समेत रहेको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । अनि देय् दबूबाट उहाँलाई प्रमुख अतिथि नबनाउनका लागि अनुरोध पनि गर्दछौं । केही भएर उहाँलाई प्रमुख अतिथि बनाएमा त्यहाँ नेवाःहरुले विरोध गर्यो वा कुनै पनि किसिमको घटना घट्यो भने त्यसको जिम्मेवारी स्वयं देय् दबू नै हुनेछ भनि अन्तमा बिज्ञप्तीमार्फत स्पष्ट पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’