सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

TAANको अध्यक्षमा लोकतान्त्रिक समुहका खुमबहादुर सुवेदी बिजयी

२०७६ भाद्र २१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा लोकतान्त्रिक समुहबाट खुमबहादुर सुवेदीको बहुमत सदस्य विजयी भएका छन् ।

टानको शुक्रबार सम्पन्न ४१ औं वार्षिक अधिवेशन तथा नयाँ नेतृत्वका लागि सोल्टी होटलमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै अध्यक्षमा सुवेदी विजयी भएका हुन् ।

यसैगरी सुबेदी समुहबाट बिजयी हुनेहरूमा क्रमशः बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह-कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ बिजयी भएका छन् ।

यसैगरी अञ्जान थापा समूहबाट महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल लगायत पाँच जना सदस्यहरू बिजयी भएका छन् । बिजयी हुने सदस्यहरूमा ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र ङिमादिकी शेर्पा रहेका छन् ।   

त्यसैगरी सुवेदी समूहबाट ४ जना सदस्यहरू बिजयी भएका छन् । सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएको निर्वाचन समितिले जनाएको छ । १ हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ जनाले मतदान गरेका थिए ।

रोचक प्रसङ्ग

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा प्रजातान्त्रिक समुहबाट अध्यक्षमा बिजयी भएका खुमबहादुर सुवेदी धादिङ ज्वालामुखि (चयनपुर) का र अध्यक्षका अर्का प्रत्यासी सत्तारूढ समुहका धादिङ त्रिपुरासुन्दरीका अञ्जन थापा (कुमार) एउटै जिल्लाका पर्यटन व्यवसायी हुन् ।

को हुन्, टानका नवनिर्वाचित अध्यक्ष खुम बहादुर सुवेदी

२०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक समेत रहेका छन् ।

टानको बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर काम गरिसकेका सुबेदी पर्यटन व्यवसायीमात्रै नभइ नियात्राकार समेत हुन् । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृतिहरू बजारमा प्रकाशित भइरहेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसेका सुवेखी धादिङ, ज्वालामुखी चयनपुरमा जन्मिएका हुन् ।

मानविकी बिषयमा स्नातक पुरा गरेका सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसकेका छन् । यसको अलावा सामाजिक सेवामा कृयाशिल ह्यान्ड इन ह्यान्ड नेपालका अध्यक्ष समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइतबार सार्वजनिक बिदा

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त : उपप्रधानमन्त्री श्रेष्ठ

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट

साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो

हुम्लामा कोदो महोत्सव हुने

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे?

जमुनाह नाकामा सुरक्षा सतर्कता

भरुवा बन्दुकसहित एकजना पक्राउ