सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

(नेकपा) पार्टीमा सांगठनिक प्रभाब बढाउदैः प्रचण्ड

२०७६ भाद्र २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीमा आफ्नो प्रभाब बिस्तारै बढाउदै लगेका छन् । यसैक्रममा आईतबार मात्र उनले नेकपा–मदनवादीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टी–मदनवादीका केन्द्रिय प्रवक्ता बिष्णु प्रसाद ढुंगाना लगायत रहेका छन् । ललितपुर स्थित प्रचण्डको निजी निवासमा गरिएको पार्टी प्रवेशबारे सो पार्टीका केन्द्रीय प्रवक्ता बिष्णु प्रसाद ढुंगानाले आईतबार एक विज्ञप्ति प्रकाशित गर्दै सो बारे जानकारी समेत गराएका छन् ।

नवप्रवेशीहरूलाइ पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले देशको समृद्धि र समाजवादको लक्ष्य पुरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने बताउदै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा पनि विस्तार गर्ने उद्देश्यका साथ पार्टी एकता गरेको समेत प्रष्ट पारेका छन् ।

नवप्रवेशी नेता नेकपा–मदनवादीका प्रवक्ता विष्णु प्रसाद ढुंगानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकता देखिएकोले नेकपामा सिंगो पार्टी नै समाहित गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

देशमा देखिएका संकटको समाधानका लागि गम्भीर कदम चाल्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ध्यानाकर्षण (पत्र सहित)

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए