सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

(नेकपा) पार्टीमा सांगठनिक प्रभाब बढाउदैः प्रचण्ड

२०७६ भाद्र २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीमा आफ्नो प्रभाब बिस्तारै बढाउदै लगेका छन् । यसैक्रममा आईतबार मात्र उनले नेकपा–मदनवादीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टी–मदनवादीका केन्द्रिय प्रवक्ता बिष्णु प्रसाद ढुंगाना लगायत रहेका छन् । ललितपुर स्थित प्रचण्डको निजी निवासमा गरिएको पार्टी प्रवेशबारे सो पार्टीका केन्द्रीय प्रवक्ता बिष्णु प्रसाद ढुंगानाले आईतबार एक विज्ञप्ति प्रकाशित गर्दै सो बारे जानकारी समेत गराएका छन् ।

नवप्रवेशीहरूलाइ पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले देशको समृद्धि र समाजवादको लक्ष्य पुरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने बताउदै राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा पनि विस्तार गर्ने उद्देश्यका साथ पार्टी एकता गरेको समेत प्रष्ट पारेका छन् ।

नवप्रवेशी नेता नेकपा–मदनवादीका प्रवक्ता विष्णु प्रसाद ढुंगानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकता देखिएकोले नेकपामा सिंगो पार्टी नै समाहित गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन