सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीको गृहजिल्लामा अज्ञात समुहका नाममा बम बिष्फोटन बढ्दो

२०७६ भाद्र २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले बम विष्फोट गरेको छ । विफोष्टका कारण नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको  गाडी समेत पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अज्ञात समुहले आइतबार मध्यराति बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको छ ।

यसैबिच झापाको बिर्तामोड नगरपालिका- २ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा पनि आईतबार मध्य राति नै बम विष्फोट भएको छ ।

सहकारी भवनको मूल गेटमा गरिएको बम विष्फोटका कारण सहकारीको गेट, सुरक्षा गार्ड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा समेत फुटेको छ ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई सोही राति नै नियन्त्रणमा लिएको जनाएको छ ।

प्रधानमन्त्रीको गृहजिल्ला झापाको बिर्तामोड र गौरादहमा भएको बिष्फोटमा टाईमिङ्ग प्रेसर कुकर बमको प्रयोग गरिएको अनुमान गरिएको छ ।

सहारा नेपालले भनेजती चन्दा नदिएको र गौरादह नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र पटक पटक भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै कार्बाही स्वरूप उक्त बम बिष्फोट गराइएको हुनसक्ने प्रहरी अनुमान रहेको छ ।

एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने धेरैको अनुमान रहेको छ । यद्यपी उक्त घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

सिरहामा बस दुर्घटना, एकको मृत्यु २६ जना घाइते

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

सडक दुर्घटनाका पाँच वर्ष : १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)