सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीको गृहजिल्लामा अज्ञात समुहका नाममा बम बिष्फोटन बढ्दो

२०७६ भाद्र २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले बम विष्फोट गरेको छ । विफोष्टका कारण नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको  गाडी समेत पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अज्ञात समुहले आइतबार मध्यराति बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको छ ।

यसैबिच झापाको बिर्तामोड नगरपालिका- २ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा पनि आईतबार मध्य राति नै बम विष्फोट भएको छ ।

सहकारी भवनको मूल गेटमा गरिएको बम विष्फोटका कारण सहकारीको गेट, सुरक्षा गार्ड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा समेत फुटेको छ ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई सोही राति नै नियन्त्रणमा लिएको जनाएको छ ।

प्रधानमन्त्रीको गृहजिल्ला झापाको बिर्तामोड र गौरादहमा भएको बिष्फोटमा टाईमिङ्ग प्रेसर कुकर बमको प्रयोग गरिएको अनुमान गरिएको छ ।

सहारा नेपालले भनेजती चन्दा नदिएको र गौरादह नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र पटक पटक भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै कार्बाही स्वरूप उक्त बम बिष्फोट गराइएको हुनसक्ने प्रहरी अनुमान रहेको छ ।

एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने धेरैको अनुमान रहेको छ । यद्यपी उक्त घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय