सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बाबा रामदेवको योगमाथि प्रतिबन्ध लगाउन नेमकिपा सांसदको माग

२०७७ जेठ २४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय बाबा रामदेवको योग नेपालमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । चिकित्सा विज्ञानले प्रमाणित नगरेको भन्दै सांसद प्रेम सुवालले नेपालमा रामदेवको योगमाथि प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतमा विनियोजन शीर्षक माथिको खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद सुवालले रामदेवको योगमाथि प्रतिबन्ध लगाएर फिजिओ थेरापी र शारीरिक शिक्षाका जानकारबाट स्वास्थ्य अभ्यास संचालन गर्नुपर्ने बताएका हुन् ।

‘चिकित्सा विज्ञानले प्रमाणित नगरेको रामदेवको योगलाई प्रतिबन्ध लगाई, फिजिओ थेरापी र शारीरिक शिक्षाका जानकारबाट स्वास्थ्य अभ्यास सञ्चालन गर्नु जरुरी छ’ सुवालले भने, ‘मुटु, मृगौला र क्यान्सरको जेनेरिक औषधी आयातमा सहज र नेपालमै उत्पादन गर्ने व्यबस्था गर्नु पर्छ ।’

त्यस्तै सांसद सुवालले काठमाडौँमा जनसंख्या केन्द्रित गर्न रोक्नु पर्ने बताए ।  ‘नेपाली जनता खान नपाएर भोकमरीले जनता छट्पटिने अबस्था आउने खतरा छ । भोकमरीको मारमा परेका जनता सिंहदरवार, बालुवाटार र शीतलनिवास वरिपरि सुत्न आउछेन, त्यो दिन टाढा छैन’ सुवालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो