सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१० मिनेट गहिरो किस गर्दा कानीको जाली फुटयो, निको हुन दुइ महिना लाग्ने

२०८० भाद्र १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनबाट एउटा अचम्मको खबर आएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार एक चिनियाँ व्यक्तिले आफ्नी प्रेमिकालाई १० मिनेटसम्म लगातार किस गरेपछि उनलाई अस्पताल लैजानुपरेको छ । मिडिया रिपोर्टका अनुसार आफ्नी प्रेमिकासँग लिप लक गरेपछि ती व्यक्तिले आफ्नो कान गुमाए।

मिडिया रिपोर्टमा भनिएको छ कि २२ अगस्टमा प्रेमी र प्रेमिकाले चुम्बन गरिरहेका थिए तब अचानक प्रेमीले आफ्नो कानमा तीव्र दुखाइ महसुस गरे। ती जोडी चीनको पूर्वी झेजियाङ प्रान्तको वेस्ट लेकमा डेट गर्न गएका थिए। उनलाई अस्पताल पुर्‍याउँदा डाक्टरले उनको कानको पर्दामा प्वाल भएको बताए । उनलाई पूर्ण रुपमा निको हुन दुई महिना लाग्ने बताइएको छ ।

डाक्टरहरूले भावुक चुम्बनले कान भित्रको हावाको चापमा द्रुत परिवर्तन ल्याउने बताए। रिपोर्टमा भनिएको छ कि चुम्बनको क्रममा एक पार्टनरले छिटो सास फेर्दा अर्को पार्टनरको श्वासप्रश्वासमा असन्तुलन सिर्जना हुन्छ, जसले कान छेड्न सक्छ।

मिडिया रिपोर्टमा भनिएको छ कि यो पहिलो पटक होइन। यसअघि पनि २००८ मा दक्षिणी चीनमा एक युवतीले आफ्नो प्रेमीले भावुक चुम्बन गर्दा उनको कानको पर्दा च्यातिएपछि आंशिक रूपमा उनको कान गुमाउनु परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय लोकसभामा एक मात्र पतिपत्नीको जोडी निर्वाचित

गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?

गर्मीमा किन बढी रिस उठ्छ ? यस्तो छ वैज्ञानिक कारण

मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

सरकारसँगको लडाइँपछि युवतीले जितिन् इच्छा मृत्युको अनुमति, अब पाउँछिन् मर्न

के हो मेट गाला ?

छोरालाई सुहाउने बुहारी बनाउन ११ वर्षिया बालिकालाई अपहरण

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…