काठमाण्डौः त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षाका लागि विशेष मौका परीक्षा फाराम खुलाएको छ ।
मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ-आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका परीक्षार्थीले तोकिएको स्थानमा फारम भर्नु सकिने भन्दै एक सुचना प्रकाशित समेत गरेको छ ।
बार्षिक परीक्षा प्रणाली अनुसार यो परीक्षा आंशिक र पूरा दुबैको हुनेछ । साथै २०६३ सालमा प्रथम पटक परीक्षा दिई ६ बर्ष पूरा भएर परीक्षा दिन नपाएकाले त्यसै रहेकाहरुका लागि पनि यो पटक मौका परीक्षा तय गरिएको उक्त सुचनामा उल्लेख गरिएको छ ।
भदौ १७ गते देखि कात्तिक १ गतेसम्म फाराम खुल्ला भएको र दोब्बर दस्तुर तिरेर पुनः कार्तिक २ गते देखि १३ गते सम्मका लागि फाराम भर्न सकिने समेत जनाएको छ ।
प्राइभेट तर्फ MPA र MA तर्फका लागि निम्न विषयहरुमा मात्र फारम भर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्रिविको सुचनाको पूर्ण अंश जस्ताको तस्तै तल उल्लेख गरिन्छ ।





