सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रतिनिधिसभा बैठक: कुन साँसदले के भने ?

२०८० भाद्र २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संस्कृति र परम्परा झल्कने गरी व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह गर्दै विद्यमान कानुन र नीतिविपरीत संरचना बनाउनेलाई कारबाही गर्न माग गरेका छन् ।

उनले सरकारी आयोजना र निकायले नै मापदण्डलाई पालना नगरी नदी कटानसमेत गरी संरचना निर्माण गरिँदा कारवाही नहुने तर सर्वसाधारण जनताले कमजोरी गरेमा डोजर लगाएर भत्काइने शैली उचित नभएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले गणतन्त्र आएपछि एउटा पनि सरकारी अस्पताल नबनेकाले स्वास्थ्य सेवा सहज नभएको टिप्पणी गरे । जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले नेपालका लागि चीनका राजदूतले नेपाल र भारतबीचको सम्बन्धका बारेमा आफूखुसी वक्तव्य दिइनु नेपाली स्वाभिमानमाथिको प्रहार भएको बताइन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरीले राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाइ ब्याजदरमा सरलीकरण गर्नुपर्नेमा जोड दिए । जनमत पार्टीका अब्दुल खानले सप्तरीको गजेन्द्रनारायण सिंह स्मृति अस्पतालमा सिन्डिकेट खडा गरी व्यवस्थापनले लापरबाही गर्दा जनताले बाहिर गएर सेवा लिनुपर्ने स्थिति अन्त्य गर्न माग गरे । लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लले भारतसँग विद्युत् व्यापार सम्झौता गर्दा नेपाललाई लाभ हुने गरी गर्न आग्रह गरे ।

नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले नेपालस्थित विदेशी राजदूतले नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने बारेमा सार्वजनिक अभिव्यक्ति दिन नहुने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने नेपालको आर्थिक समृद्धि यसरी हुन्छ भनेर चिनियाँ राजदूतले भनिनुलाई आपत्तिको विषय नभएको तर्क राखे ।

आमजनता पार्टीका प्रभु साहले मुलुकभित्र दोहन गरेर विदेशमा लगेर सम्पत्ति थोपर्ने र विदेशमा गएर श्रम गरेर नेपालमा विप्रेषण भित्र्याउने कसका पक्षमा सरकार छ भन्ने स्पष्ट हुन आवश्यक रहेको बताए । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भागबण्डाको राजनीति अन्त्य गरेर सुशासन कायम गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी

लगानीमैत्री वातावरण बनाउन मन्त्रालय क्रियाशील छ : मन्त्री भण्डारी

सांसदहरुको प्रधानमन्त्रीसँग प्रश्नुत्तोर, के के प्रश्न सोधियो ?

दिगो विकासका लागि पूर्वाधार निर्माणमा जनसहभागिता आवश्यक: पूर्वमन्त्री यमी

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन गरी विश्लेषण उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ- प्रधानमन्त्री

राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ- प्रधानमन्त्री

भारत भ्रमणले दुई मुलुकबीच आपसी सद्भाव अभिवृद्धि गरेको छ : प्रधानमन्त्री दाहाल

निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री

प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

जीबी राईको लोकेशन पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने