सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार लागेको छ : मुख्यमन्त्री शाह

२०८० भाद्र २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्या मन्दिर क्याम्पसको क्याम्पस सभामा उनले वर्तमान आवश्यकताको आधारमा शिक्षालाई गुणात्मक बनाउनका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् । “हामी शैक्षिक क्षेत्रको विकासका लागि गम्भीर छौँ । प्रदेश सरकारको स्रोतसाधनले सकेको काम गरिरहेकै छौँ”, मुख्यमन्त्री शाहले भने, “विगतको स्थिति हेर्दा शैक्षिक क्षेत्रमा ठूलो सुधार भएको छ तर वर्तमान आवश्यकतालाई हामीले पछ्याउन सकेका छैनौँ ।”

उनले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई र उच्च शिक्षा प्रदेशको मातहतमा रहने संवैधानिक व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा पनि शिक्षामा उल्झन कायमै रहेको बताए । एक पालिका एक नमुना विद्यालयको अवधारणा बनाएर त्यसलाई कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ थियो ।

“माध्यमिक तहसम्मको सबै विद्यालयमा डिजिटल लाइब्रेरी र कम्प्युटर ल्याबको व्यवस्थापन गर्ने गरी पहिलो चरणमा सरकारले योजना अगाडि बढाएको छ”, उनले भने, “त्यो सँगै शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारले रणनीतिक योजनाका साथ अगाडि बढ्न खोजेको छ ।”

टीकापुरलाई शैक्षिक नगरीका रूपमा विकास गर्न तत्कालीन टीकापुरका योजनाकार स्व खड्गबहादुर सिंहको योगदानलाई स्मरण गदै मुख्यमन्त्री शाहले इतिहासलाई जोगाउन सकिएन भने त्यसको पहिचान समाप्त भएर जान सक्ने बताए । “राष्ट्रलाई सबल, सक्षम र अर्थतन्त्रमा बलियो बनाउनका लागि शिक्षा र पर्यटन क्षेत्रको विकास समयानुकूल हुनुपर्छ, होइन भने स्थितिले नकारात्मक नतिजा पनि दिन सक्छ । जुन अहिले अध्ययनकै लागि विदेशिनेको लर्को छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम खुल्यो

सरकार र शिक्षकका प्रतिनिधीहरुबीचको वार्ता निश्कर्षविहिन

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

विदेश पलायनले विज्ञान र गणितका शिक्षकको अभाव

एक महिनादेखी बेपत्ता शिक्षक अझै भेटिएनन्

विद्यालय बन्द गरेर आन्दोलन गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्छ : नैनसिंह महर

देशैभरीको शिक्षक काठमाडाैंमा जम्मा, आजबाट प्रदर्शनमा उत्रने

शिक्षकलाई वार्तामा आउन मन्त्रीको आह्वान

शिक्षा विधेयक परिमार्जन गर्न परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने