सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहनुभएका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गर्नुभएको हो ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौँ ल्याउने तयारी छ । सोही प्रयोजनका लागि थप नौ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट याङ्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सहज हुने उहाँको भनाइ छ ।

याङ्री र लार्केको पानी काठमाडौँ लैजानका लागि निर्माण हुने टनेलको डिजाइन गर्दा पानीसँगै यातायात आवतजावतका लागिसमेत सहज हुने गरीे बनाउन उहाँले आग्रह गर्नुभएको हो  । अध्यक्ष शेर्पाले यातायातसहितको टनेल निर्माण गरिएमा हेलम्बु र पाँचपोखरी क्षेत्र दुवैतिरको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताउनुभयो । दुईवटै पालिकाको छोटो दूरी र वैकल्पिकमार्गका रूपमा सो मार्ग प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो “एडिबीले टनेलको डिजाइन गर्दा यातायात आवतजावतसहितको गर्नुपर्छ, यसले गर्दा यस भेगको पर्यटन प्रवर्द्धनमा मात्र नभएर विकासमा समेत टेवा पुग्छ ।”

यो प्रस्तावका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामासँग पनि सल्लाह भएको जनाइएको छ ।  यस विषयमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी तथा सरोकारवाला निकायसँग चरण–चरणमा छलफल गरिसकेको र यसलाई निरन्तर अघि बढाइने अध्यक्ष शेर्पाको भनाइ छ । सो प्रस्तावमा मेलम्ची खानेपानी विकास समिति पनि सकारात्मक रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

सिरहामा बस दुर्घटना, एकको मृत्यु २६ जना घाइते

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट

सडक दुर्घटनाका पाँच वर्ष : १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

एक महिनामा नै ४५० रूपैयाँ बढयाे ग्याँस सिलिन्डरकाे भाउ, अब प्रति सिलिन्डर २११० रूपैयाँ

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

बानेश्वर वृतका डिएसपी बुढाथोकीलाई तिनकुने नागरिकद्धारा स्वागत