सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अनलाइनमार्फत गरगहना बेचि ठगी गर्ने एकजना युवक पक्राउ

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–७ घर भई हाल काठमाडौँ गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्ने गरेकामा सामाजिक सञ्जाल इन्स्ट्राग्राममा झुट्टा रिसिप्ट पठाई पीडितलाई झुक्यानमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।

पक्राउ परेका घिमिरेलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लागु औषधसहित २ युवायुवती होटलबाटै पक्राउ

१२० किलोग्राम गाँजासहित चार जना भारतीय नागरिक पक्राउ

५ केजी चरेससहित काठमाडौँबाट दुई जना पक्राउ

तीन किलो सुनसहित फिलिफिनी महिला विमानस्थलबाट पक्राउ

नाइट्राभेटसहित तनहुँबाट सुखलाल पक्राउ

सहकारीको रकम ठगी गर्ने प्रवन्धक पक्राउ

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौजना पक्राउ

सुनजस्तो देखिने चार किलोग्राम पहेलो धातुसहित पाँचजना पक्राउ

बर्दिया र मोरङबाट बलात्कार आराेपमा तीनजना पक्राउ

उपप्राध्यापक चलाउनेमाथि आक्रमणमा संलग्न एक जना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ