सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको हो ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ तीन विभागीयसहित पाँच टोली र पुरुषतर्फ दुई विभागीयसहित पाँच टोलीको सहभागिता निश्चित भएको नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाडौँको न्यू डायमण्ड एकेडेमी र बुटवलको न्यू एभरेष्ट भलिबल क्लब सहभागिता हुनेछन् । यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द क्लब बुटवल र बागलुङको गलकोट स्पोट्र्स क्लब सहभागी हुने भएको अध्यक्ष भण्डारीले बताए ।

राष्ट्रिय भलिबल प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेतालाई एक लाख ५० हजार एक सय ११ का दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । दोस्रो हुने टिमलाई जनही एक लाख एक हजार एक सय ११ र तृतीय हुने टोलीले ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तीज महोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितासहित सितोरियो कराते प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, अन्तर महिला समूह तीज गीत प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमलगायत हुनेछन् । समाजले भलिबल प्रतियोगिताका माध्यमबाट खेलकुदको विकासका साथै विभिन्न सामाजिका कार्यहरू गर्दै आएको समाजका पूर्वअध्यक्ष बुद्धिबहादर खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

१० हजार मिटरमा दीपकको कीर्तिमान

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने

एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

यु-१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

त्रिभुवन आर्मी क्लबले बीएमकेलाई हरायो

रौतहट बास्केटबल संघको अध्यक्षमा दिवस तिमल्सिना चयन

एशियाली खेलकुदमा चीनको अग्रता कायमै, कुन देशको नाममा कति पदक ?

अक्षर पटेलको ठाउँमा रविचन्द्रन आश्विनले विश्वकप खेल्ने

१९औं एसियाडको पौडीमा नेपालका सबै हिटबाटै बाहिरिए

न्युजिल्यान्डका कप्तान विलियमसनले विश्वकपको पहिलो खेल नखेल्ने

विमल घर्ती मगर पनि गए अस्ट्रेलिया

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी