
काठमाण्डौः विश्वकप फुटबल छनोटमा अर्टेन्टिनाले विजियी सुरुवात गरेको छ।
दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान भएको खेलमा कप्तान लिओनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोलअन्तरले पराजित गरेको हो।
खेलको ७८ औँ मिनेटमा पाएको फ्रिकिकमा मेस्सीले गोल गरे। यस्तै, अर्को खेलमा कोलम्बियाले भेनेजुयलालाई १–० गोलअन्तरले पराजित गरेको छ। खेलको ४६ औँ मिनेटमा राफेल सन्तोस बोरेले कोलम्बियाको लागि गोल गरे।
पराग्वे र पेरुबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ। छनोटमा १० टोलीको सहभागीता रहेको छ।