सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एककाे मृत्यु

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्युु भएको छ ।

बिहान २ बजे वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ–६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन् ।

प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज विश्व पर्यटन दिवस मनाइँदै

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी