सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रहरी नियन्त्रणमा रहेका विद्यार्थी र अभिभावकलाई विना शर्त रिहाको माग गर्दै सामुदायिक विद्यालय बन्दको घोषणा

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल शिक्षक महासंघ सोनमा गाँउपालिकाको अगुवाइमा पालिकास्तरीय शिक्षकसँग सम्बन्धित विभिन्न भातृसंगठनहरुले गाँउपालिकाभरिका सामुदायिक विद्यालय तीन दिनको लागि बन्दको घोषणा गरेका छन्।

प्रहरी नियन्त्रणमा रहेका विद्यार्थी र अभिभावकलाई विना शर्त रिहाको माग गर्दै स्थानीय शिक्षक संघ संगठनले भदौ २२ गतेदेखि भदौ २४ गतेसम्मका लागि पालिकामा रहेका सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन्।

शिक्षक महासंघ सोनमा पालिकाको लेटरप्याडमा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो को घोषणा गरेका हुन्। सो प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार घाइते विद्यार्थीको औषधी उपचारको व्यस्था गर्नुको साथै पक्राउ परेकाहरुको अविलम्व रिहाको माग गरेका छन्।

संतोषजनकतवरले माग सम्बोधन नभएको खण्डमा सशक्त आन्दोलन गर्ने सो प्रेस विज्ञप्तिमार्फत चेतावनी दिएका छन्।

घटना संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुमाथि जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। त्यस्तै १० जनामाथि मुदा दायर भएको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिएका छन्। उनीहरुमाथि सार्वजानिक सम्पतिमा आगजनी, अराजक गतिविधि आरोपमा मुद्दा दायर भएको प्रहरी निरीक्षक यादवले बताएका छन्।

गत बुधबार सोनमा गाँउपालिका २ स्थित सरस्वती माविका विद्यार्थीहरु ज्ञापनपत्र लिएर गाँउपालिका पुगेका थिए। सोही क्रममा दुईतर्फी झडप हुँदा ६ विद्यार्थी र १० जना विद्यार्थीहरु घाइते भएका थिए। उनीहरुको स्थानीय हस्पिटलमा उपचार भइरहेको छ।

null

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन शिक्षा मन्त्रालयको अर्थलाई पत्र

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : कावा प्रधानमन्त्री खड्का

शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु: देवराज घिमिरे

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

नाइजेरियाली विश्वविद्यालयमा बन्दुकधारीद्वारा दर्जनौं व्यक्तिको अपहरण

सरकारले शिक्षामा लगानी गर्ने बातावरण बनाएन्ः भट्टराई

असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

सरकारसँग भएको सहमतिको बिरोधमा राहत शिक्षकद्धारा आन्दोलनको घोषणा

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सात बुँदे सहमति (पूर्णपाठ)

सरकार र शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता सुरु

विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटि, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन्: गगन थापा