सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आचार्य बन्धु समाज महिला बिभागले भोली शनिवार छोरी बुहारीलाई दर खुवाउने

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आचार्य बन्धु समाज नेपाल महिला केन्द्रीय बिभागको बैठकले छोरी बुहारी तीज कार्यक्रम भब्य रुपमा मनाउने निर्णय गरे अनुसारको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

कार्यक्रममा आगामी शनिबार दिउसो १ बजेबाट साँझसम्मा सम्पन्न हुने उक्त कार्यक्रममा नाचगान, रमाइलो र खानपीनमात्र हुने जानकारी समाजकी सचिव बबिता शर्मा आचार्यले जानकारी दिईन् । कौडिन्य गोत्रीय आचार्यहरुको केन्द्रीय महिलाहरुको बिभागकी अध्यक्ष अम्बिका रुपाखेती आचार्यले काठमाडौंमा भदौं २३ गतेका लागि भब्य रुपमा छोरीबुहारी दर खाने कार्यक्रम आयोजना गरिने पुर्ववत् निर्णय यथावत रहेको र उक्त कार्यक्रममा कौडिन्य गोत्रीय छोरीबुहारीलाई उपस्थितिका लागि सार्बजनिक आह्वान गरिन् ।

पाँच सय भन्दा बढी कौडिन्य गोत्रीय आचार्यका छोरी तथा बुहारीको उपस्थितिमा कार्यक्रम गर्ने भन्दै गायत्री आचार्यले यसै अनुसार कार्यक्रम तय गरिएको बताईन्ु । नेपालभरबाट काठमाडौं उपत्यका आई बसोबास गर्नुहुने, काठमाडौं उपत्यकामा स्थायी बसोबास हुनुभएका तथा काठमाडौं बाहिरबाट सहभागी हुन चाहनुहुनेलाई यथाशक्य योगदान गर्न सकिने ब्यवस्था भएको कोशाध्यक्ष गिता चापागाई आचार्यले बताईन् ।

कार्यक्रम भब्य र सभ्य बनाउन सबैले आ–आफ्नो स्थानबाट लाग्नुपर्ने भन्दै आचार्य बन्धु समाज नेपालकेन्द्रीय महिला बिभागले छोरीबुहारीबीचमा सुमधुर सम्बन्ध स्थापना तथा कायम राख्न महिलाहरुको महत्वपूर्ण पर्व हरितालीका तीजमा दर खाने कार्यक्रम राखिएको बताउँदै उक्त कार्यक्रममा उपस्थितिका लागि केन्द्रीय समिति, बागमती प्रदेश समिति तथा जिल्ला समितिहरुलाई अनुरोध गरेको छ ।

बडादशैं, दीपावली, नयाँ बर्षलगायतका बिभिन्न कार्यक्रम गरेको भएपनि तीज कार्यक्रम पहिलोपटक आचार्य बन्धु समाज नेपालले आयोजना गरेकोआचार्य बन्धु समाज नेपाल बागमती प्रदेशका महासचिव अधिवक्ता लक्ष्मण आचार्यको तर्क छ। केहीदिन अगाडी प्रदेश अधिवेशन सफलतापुर्वका सम्पन्न गरेको आचार्य बन्धु समाज नेपाल पछिल्ला दिनहरुमा बिश्वभर सकृय हुँदै गईरहेको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

सिरहामा बस दुर्घटना, एकको मृत्यु २६ जना घाइते

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट

सडक दुर्घटनाका पाँच वर्ष : १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

एक महिनामा नै ४५० रूपैयाँ बढयाे ग्याँस सिलिन्डरकाे भाउ, अब प्रति सिलिन्डर २११० रूपैयाँ

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

बानेश्वर वृतका डिएसपी बुढाथोकीलाई तिनकुने नागरिकद्धारा स्वागत