सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बलात्कार आरोपमा दुईजना पक्राउ

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उदयपुर र झाापाबाट बलात्कारको आरोपमा एक एकजना पक्राउ परेका छन् ।

उदयपुरमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका-८ धोपास्थित पाखा बारीमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापामा२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर बिश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

७० वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा तीनजना पक्राउ

सिरहामा लागुऔषध सहित एक जना पक्राउ

अमेरिकी डलरसहित दुईजना पक्राउ

भारतका पूर्वमन्त्रीको घरमा करोडौँको लुटपाट, तीन नेपाली पक्राउ

दुई क्विन्टल लागूऔषध गाँजासहित दुई जना पक्राउ

‘महिलाको शंकास्पद मृत्यु’ श्रीमान् र सासू प्रहरी नियन्त्रणमा

खैरो हेरोइन सहित चारजना कारोबारी पक्राउ

कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय वृद्ध पक्राउ

विदेश पठाइदिन्छु भनी रकम लिई सम्पर्कविहीन हुने सिंह सितापाइलाबाट पक्राउ

कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय फरार प्रतिवादी पक्राउ

चिर्पट प्रहार गरी बुबाकाे हत्या, छाेरा पक्राउ