सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ज्योति क्यापिटलले १०.५२ प्रतिशत लाभांश दिने

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ ।

सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको यस क्यापिटलको २०८० असार मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, क्यापिटलको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले क्यापिटलको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन प्रस्ताव पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश लिन तीन दिन बाँकी

सिटिजन लाइफ इन्सुरेन्सको पहिलो कारोबार सूरू

प्रि -ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

मुक्तिनाथ कृषिले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

आजको तरकारी तथा फलफूलको मूल्य, राताे बन्दा ४ सय रूपैयाँ

सोनापुर मिनरल्सको प्रिमियम आईपीओ आजबाट खुला

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो

दशैंको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल, डिजेलको मूल्य कति पुग्यो ?

एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक

गुल्मीमा कात्तिक १५ देखि महोत्सव हुने