सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ६ जना कामदार घाइते

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको ट्याक्टर दुर्घटना भएकाे हो । कामदार राखेर चौरजहारीतर्फ जाँदै गरेको उक्त ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते हुनेमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का २४ वर्षीय निर्मल थापा, सोही गाउँका २२ वर्षीय पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका-५ का २१ वर्षीय कृष्ण मगर, सोही ठाउँकै २१ वर्षीय पेशल मगर, २३ वर्षीय सुशील राई र २१ वर्षका सागर राई रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । घाइतेहरू ६ जना नै चौरजहारी नगरपालिका-१ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइतबार सार्वजनिक बिदा

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो

हुम्लामा कोदो महोत्सव हुने

जमुनाह नाकामा सुरक्षा सतर्कता

भरुवा बन्दुकसहित एकजना पक्राउ

सन्दर्भ विश्व शान्ति दिवस: देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

बाँकेमा कारागार जीर्णः क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षाको जोखिम

शे-फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा भेटिए

जनप्रतिनिधि थकित भए पछि मण्डनपुरमा आज सार्बजनिक बिदा

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै