सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ: शिक्षामन्त्री

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को विवादका कारण रोकिएका परीक्षाहरू सञ्चालनका गर्नका लागि छलफल भइरहेको बताएका हुन् । उनले परीक्षा गर्ने वातावरण बनाउनका लागि मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका बीचमा छलफल भइरहेको स्पष्ट पारे ।

मन्त्री राईले आयोगले जाँचबुझ गरी कोटा निर्धारण गरेर परीक्षा लिने अवस्थासम्म पुर्याउने उनको भनाइ छ । सिटिइभिटीको बैठक बसेर स्तरोन्नति हुन चाहेका कलेजहरूको सम्बन्धमा निर्णय गरेर आयोग समक्ष पठाइने पनि उनले बताए । उनले नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने पनि बताए ।

मन्त्री राईले संघीय शिक्षा ऐनमार्फत प्राविधिक शिक्षामा प्रदेश सरकारलाई जिम्मेवार बनाइने बताए । उनले संघीय सरकारले भने शिक्षाको गुणस्तरलाई हेर्ने, पाठ्यक्रमहरू बनाउने, तालिमहरू दिने खालको सोच राखिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षामन्त्रीले प्रतिनिधिसभामा पेस गरे विद्यालय शिक्षा विधेयक

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा बिधेयक पेश हुने

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

सरकार र आन्दोलनरत राहत शिक्षकबीच कुन कुन मागमा भयो सहमति (पूर्णपाठ)

सरकार र शिक्षकबीच पाँच बुँदे सहमति

४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा असोज १९ गतेदेखि शुरु हुँदै (तालिका हेर्नुहोस)

सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच शिक्षा मन्त्रालयमा भोलि वार्ता हुने

सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्यो

बिहीबार पनि काठमाडौंमा राहत शिक्षकको प्रदर्शन

शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन शिक्षा मन्त्रालयको अर्थलाई पत्र

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : कावा प्रधानमन्त्री खड्का

शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु: देवराज घिमिरे