सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डेंगु सङ्क्रमित सङ्ख्या बढ्यो

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको छ । अर्थात् ४०५ सङ्क्रमित बढेका हुन् ।

गएको साढे सात महिनाको अवधिमा सङ्क्रमित मध्ये १४ जनाको मृत्यु भएको छ । यस्तै डेंगु सङ्क्रमण ७५ जिल्लामा देखिएको ईडीसीडीले जनाएको छ ।

सङ्क्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै १३ हजार ८७७ जनामा सङ्क्रमण सुनसरी जिल्लामा पुष्टि भएको छ । दोस्रोमा २ दुई हजार २५४ जना मोरङमा सङ्क्रमण पुष्टि भएको छ । तेस्रोमा २ हजार १९७ जनामा धादिङमा पुष्टि भएको छ ।

यस्तै, १ हजार ३६४ जना झापामा, ४५८ जना काठमाडौँमा, ३७३ जना धनकुटामा, ३३४ जना सङ्खुवासभामा, ३३१ जना धनुषामा, २७३ जना कास्कीमा र २६५ जना कैलालीमा सङ्क्रमित रहेका छन् ।

कुन प्रदेशमा कति सङ्क्रमित

सात प्रदेश मध्ये सबैभन्दा धेरै कोसी प्रदेशमा डेंगु सङ्क्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै १८ हजार ६८२ जना डेंगु सङ्क्रमित छन् । त्यसपछि बाग्मती प्रदेशमा ३ हजार ३२४ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ७०१० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपञ्चिम प्रदेशमा ७१५, मधेस प्रदेशमा ५२२, लुम्बिनी प्रदेशमा ४०१७ र कर्णाली प्रदेशमा ४९ जना सङ्क्रमित पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्ता छन् अल्जाइमर्स रोगका लक्षणहरु

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

सर्पले टोकेर महिलाको मृत्यु

तौल घटाउनुका साथै मुटुका लागि पनि फाइदाजनक हुन्छ बदाम

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत

कञ्चनपुरमा अहेबमाथि कुटपिट

वीरगञ्जमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु

पटक पटक पिसाब लाग्छ, कतै मधुमेह भएको त होइन ?

यौन इच्छा बढाउन खानैपर्ने खानेकुरा

‘एचपीभी’ खोप अभियानको समय थप, शुक्रबारसम्म जारी रहने

वीर अस्पतालमा अब साताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने

सेती अस्पतालको मेसुमा डा. कमर